नेभिगेशन
नेपाल

नेपालमै अलपत्र परेका विदेशी नागरिकलाई सहयोग गर्न अनुरोध

काठमाडौँ, २५ भदौ – मुलुकमा उत्पन्न जटिल अवस्थाबीच नेपाली सेनाले नेपालमै अलपत्र परेका विदेशी नागरिकलाई सहयोग उपलब्ध गराउन सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

सेनाले होटल, पर्यटन व्यवसायसँग सम्बन्धित संघसंस्था तथा सरोकारवाला पक्षलाई उद्धार र आवश्यक सहजीकरणका लागि सक्रिय हुन अनुरोध गरेको हो ।

सेनाले मंगलबार सार्वजनिक गरेको सूचनामा, उद्धार वा अन्य सहयोगको आवश्यकता परेका विदेशी नागरिकले नजिकैका सुरक्षा निकाय वा तत्काल खटिएका सुरक्षाकर्मीमार्फत सम्पर्क गर्न सक्ने स्पष्ट पारिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्