नेभिगेशन
नेपाल

विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौं, २५ भदौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको सूचनामा काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, तथा वरपरको विषम परिस्थितिसहित विमानमार्गमा फैलिएको बाक्लो धुँवाले उडान सुरक्षामा गम्भीर चुनौती उत्पन्न गरेको उल्लेख छ ।

प्राधिकरणका अनुसार अर्को सूचना नभएसम्मका लागि विमानस्थलमा सबै उडान तथा अवतरण कार्य बन्द गरिएका छन् । आपतकालीन उडानबाहेकका नियमित वाणिज्यिक उडान हाललाई रोकिएका हुन् ।

यात्रुवर्गलाई विमानस्थलमा नआउन आग्रह गर्दै प्राधिकरणले विमानस्थल पुनः सञ्चालनमा आएको जानकारी पाएपछि मात्र सम्बन्धित वायुसेवा कम्पनीमार्फत सम्पर्क गरी यात्रा योजनामा अघि बढाउन अनुरोध गरेको छ ।

प्राधिकरणले बन्दाबन्दीका कारण यात्रुमा पर्न गएको असुविधाप्रति क्षमायाचना पनि गरेको छ ।nagarik-uddyan-pradhikaran-1757493352.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्