नेभिगेशन
विश्व

अमेरिका र इरानबीच शान्ति सम्झौता, शुक्रबार हस्ताक्षर हुने

काठमाडौं । अमेरिका र इरानबीच जारी तनाव तथा युद्ध अन्त्य गर्ने उद्देश्यले दुवै राष्ट्रबीच शान्ति सम्झौता भएको छ । उक्त सम्झौता कार्यान्वयनमा समेत आइसकेको बताइएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच भएको शान्ति सहमतिले नयाँ मोड लिएको बताएका छन् । उनका अनुसार दुवै पक्षबीच भएको सम्झौताको औपचारिक हस्ताक्षर आगामी शुक्रबार स्विट्जरल्यान्डमा आयोजना गरिने कार्यक्रम तय गरिएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सम्झौता पूर्ण रूपमा सम्पन्न भएको घोषणा गरेका छन् उनले सम्झौतापछि वासिङ्टनले हर्मुज क्षेत्रमा लागू गर्दै आएको नौसैनिक नाकाबन्दी हटाउने निर्णयसमेत गरिएको जानकारी दिएका छन्।
अर्कोतर्फ, बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त वक्तव्य जारी गर्दै अमेरिका र इरानबीच भएको युद्ध अन्त्यसम्बन्धी सहमतिको स्वागत गरेका छन्। ती देशहरूले इरानले आफ्नो आणविक कार्यक्रमका सम्बन्धमा चाल्ने आगामी कदमलाई आधार मानेर उसमाथि लगाइएका विभिन्न प्रतिबन्धहरू क्रमशः फुकुवा गर्न सकिने संकेत दिएका छन्।
यदि यो सम्झौता प्रभावकारी रूपमा कार्यान्वयनमा आएमा लामो समयदेखि तनावग्रस्त मध्यपूर्व क्षेत्रमा स्थायित्व र शान्तिको वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ।
आइतबार भएको यस सहमतिअनुसार अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुनः खुला गरिनेछ। यस प्रारम्भिक सम्झौतासँगै विश्वबजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ तर इरानको परमाणु कार्यक्रमको भविष्य भने आगामी वार्ताहरूबाट मात्रै टुङ्गो लाग्नेछ।
ट्रम्पले महिनौँदेखि इरानले बन्द गरेको विश्वव्यापी तेल र ग्यास आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ होर्मुज शुक्रबार खुल्ने बताएका छन्। साथै उनले इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी अन्त्य गर्न आदेश दिएको पनि जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्