नेभिगेशन
नेपाल

उपत्यका त्रिभुवन विमानस्थलमा फेरि उडान सञ्चालन

काठमाडौं, २५ भदौ – विषम परिस्थितिका कारण हिजोदेखि स्थगित रहेका हवाई उडानहरू पुनः सञ्चालनमा आउने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार दिउँसो सार्वजनिक गरेको सूचनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको बैठकले मिति २०८२ भदौ २५ गतेदेखि नियमित उडानहरू सुचारु गर्ने निर्णय गरेको उल्लेख छ ।

यात्रुवर्गलाई आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयबारे जानकारी लिएपछि मात्र विमानस्थल आवतजावत गर्न आग्रह गरिएको छ। साथै, विमानस्थल प्रवेश गर्दा आधिकारिक हवाई टिकट र परिचयपत्र अनिवार्य साथमा ल्याउन प्राधिकरणले आग्रह गरेको छ ।

विमानस्थल बन्द हुँदा प्रभावित यात्रुमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा प्रकट गरेको छ । TIA-Opens-1757503064.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्