नेभिगेशन
नेपाल

सेनाको प्रस्ताव अस्वीकार गर्दै जेनजी टोली वार्ताबाट बाहिरियो

काठमाडौं, २५ भदौ – नेपाली सेनासँगको छलफल बीचमै तोडिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी आन्दोलनका सरोकारवाला दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समेत वार्तामा सहभागी गराउनुपर्ने धारणा राखेपछि जेनजी प्रतिनिधिहरू असन्तुष्ट बनेर वार्तास्थल छाडेका हुन् ।

वार्ता टोलीकी सदस्य रक्षा बमले सेनाको मुख्यालयबाट बाहिरिँदै सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनिन्, “प्रधानसेनापतिले राष्ट्रपति भेटका लागि बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँगै छलफल गर्नुपर्ने प्रस्ताव राख्नुभयो । उहाँहरूले नै स्टेकहोल्डर हुन् भनेर स्पष्ट भन्नुभएसँगै हाम्रो आन्दोलनले दिएको बलिदान र परिवर्तनको यात्रा खतरामा पर्न सक्ने देखिएकाले हामी त्यसलाई अस्वीकार गरेका छौं ।”

उनका अनुसार अब आन्दोलनकारी पक्ष आन्तरिक तयारीसहित वैकल्पिक छलफलका लागि अघि बढ्ने तयारीमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्