नेभिगेशन
खेलकुद

सानो परिवर्तन ठूलो प्रभाव

सन् २०२६ को विश्वकपमा फिफाले समूह चरणको अंक तालिका निर्धारण गर्ने तरिकामा गरेको एउटा सूक्ष्म परिवर्तनले अन्तिम समूह खेलमा ठूलो प्रभाव पार्न सक्ने देखिएको छ । विश्वकपको इतिहासमै पहिलोपटक फिफाले समान अंक भएका टोलीको स्थान निर्धारण गर्दा समूह गोल अन्तर भन्दा पहिले आपसी भिडन्तको नतिजा (हेड टु हेड रेकर्ड)लाई प्राथमिकता दिएको छ ।
यो परिवर्तनको प्रभाव यस विश्वकपमै देखिन थालेको छ । हाइटी र टर्की दुवै टोली तेस्रो स्थानमा रहेको टोलीभन्दा केवल तीन अंक पछाडि रहँदा पनि प्रतियोगिताबाट बाहिरिएका छन् । यसैबीच, सहआयोजक मेक्सिको र संयुक्त राज्य अमेरिका (अमेरिका) ले भने एक खेल बाँकी छँदै आ–आफ्नो समूहको शीर्ष स्थान सुरक्षित गरिसकेका छन् ।
सन् १९६६ सम्म टोलीहरूबीच बराबरी हुँदा गोल अनुपातको प्रयोग गरिन्थ्यो । यसमा टोलीले गरेको गोललाई विपक्षीले गरेको गोलले भाग गरिन्थ्यो । सन् १९७० मा फिफाले त्यसलाई परिवर्तन गर्दै गोल अन्तर प्रणाली लागू ग¥यो, जुन अहिलेसम्म कायम थियो ।
नयाँ प्रणालीले फिफालाई युरोपेली फुटबल महासंघ युइएफएको नियमसँग नजिक ल्याएको छ । युइएफएले लामो समयदेखि समान अंक भएका टोलीको स्थान निर्धारण गर्दा आपसी भिडन्तको नतिजालाई प्राथमिकता दिँदै आएको छ ।
यो प्रणालीको तर्क के हो भने दुई टोलीबीचको प्रत्यक्ष प्रदर्शन हेर्नु बढी निष्पक्ष हुन्छ किनभने यसले अस्वाभाविक रूपमा ठूलो अन्तरको जितबाट पर्ने प्रभाव हटाउँछ । उदाहरणका लागि, कुनै टोलीले कमजोर प्रतिद्वन्द्वीविरुद्ध ७–१ को ठूलो जित निकाल्दा त्यसले समूहको समीकरणमा अत्यधिक प्रभाव पार्न सक्छ । तर केही विश्लेषकहरू भने समग्र गोल अन्तर हेर्नु राम्रो हुने तर्क गर्छन्, किनभने त्यसले समूह चरणभर टोलीको सम्पूर्ण प्रदर्शनलाई तुलना गर्छ । फिफाले पहिलोपटक यो नयाँ प्रणाली गत वर्ष आयोजित क्लब विश्वकपमा प्रयोग गरेको थियो । त्यहाँ फ्लामेङ्गोले दुई खेलपछि समूह ‘डी’को शीर्ष स्थान हासिल गरेको थियो, जबकि पछि प्रतियोगिता जितेको चेल्सी पछाडि परेको थियो ।
अब हेरौँ, यस विश्वकपमा यो नयाँ नियमले कस्तो प्रभाव पार्ने हो !

विश्वकप -याङ्किङ
देश                           अंक

१. अर्जेन्टिना               १८८९.०६ 
२. फ्रान्स                    १८८७.११ 
३. स्पेन                      १८५६.०३
४. इंगल्यान्ड               १८४७.६८ 
५. ब्राजिल                   १७७२.०१ 
६. मोरक्को                  १७६९.९८ 
७. पोर्चुगल                  १७५५.०९ 
८. नेदरल्यान्ड्स            १७४९.२०
९. जर्मनी                     १७४३.५४
१०. बेल्जियम                १७३३.९३

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्