नेभिगेशन
दृष्टिकोण

नयाँ सिराबाट नवनिर्माण थालौं

यो देशमै बसेर राष्ट्रिय स्वाभिमान, स्वाधीनता तथा आत्मविश्वाससहितको आत्मनिर्भर नेपालको सपना साकार पार्नुपर्छ । हामी सबै एकजुट भए मात्रै देशले निकास पाउन सक्छ । आन्दोलनको नाममा आफ्ना वरपर भइरहेका अन्याय, अत्याचार र लुटपाटको डटेर सामना गरौं ।

संस्कारको रूपमा विकसित भ्रष्टाचाररूपी भाइरसले देशको शासकीय स्वरूपलाई सुस्त बनाउँदा युवा पुस्ताको धैर्यको बाँध तोडिएको हो । देशको समृद्धिका लागि सोच, विचार, विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई प्रोत्साहन सहयोग तथा सहरीकरण गर्नेभन्दा पनि आफू मातहतका सीमित व्यक्तिहरूको स्वार्थमा साथ दिँदै देशमा युवाको पहिलो र अन्तिम विकल्प नै विदेश भन्ने भाष्य निर्माण गर्ने र त्यसै अनुसारको परिस्थिति निर्माण गर्ने नेताहरू यसका जिम्मेदार हुन् ।

यो देशमै बसी चिन्तनशील तथा दूरदर्शी युवाको खाडललाई पूरा गर्न युवा पुस्ता तयार गर्दा विभिन्न तहका पदाधिकारी, नेतृत्व तथा नयाँ पुराना सबै राजनीतिका नेतृत्वले विज्ञान, प्रविधि अनि नवप्रवर्तन बिना देश विकास हुँदैन भन्ने आफ्नो घोषणापत्र, भाषण, आदि सबै ठाउँमा लेख्ने, भन्ने तर नीतिगत तवरमा लागू नगर्ने, नीति बनाइहाले पनि अन्य कानुनी व्यवस्था निर्माणमा तदारुकता नदेखाउँदाको परिणाम हुन्, जेनजीको विद्रोह ।

सूचना प्रविधिको विकाससँगै जनताको सूचनामा पहुँचसँगै संगठन गर्ने अवसर जुट्नुले पनि पछिल्ला घटनाक्रमलाई गुणात्मक रूपमा लान सम्बन्धित जमातलाई सहज भयो । यी सबै असन्तुष्टि नै विद्यमान शासकीय संरचना र नेतृत्वमाथिको आक्रमण हो भन्ने पुष्टि भएको छ । युवाको कदमलाई ढाल बनाएर विभिन्न स्वार्थ समूहले आफ्नो अभिलाषा पुरा गरेको पनि प्रष्ट छ । 

Suresh-Bhattarai-1757558229.jpg
सुरेश भट्टराई

देश अहिले एकदमै संवेदनशील समयकालबाट गुज्रिरहेको छ । सुजबुझपूर्ण निर्णय लिँदै संवेदनशीलताको फाइदा उठाउँदै आफ्नो कुत्सित मनसायलाई सार्थक बनाउन लागिरहेका व्यक्ति र तीनका झुण्डबाट हामी सबैले हातेमालो गर्दै देशलाई बचाउन जरूरी छ । अब नयाँ सिराबाट कामको थालनी गर्नु पर्दछ । 

यो देशमै बसेर राष्ट्रिय स्वाभिमान, स्वाधिनता तथा आत्मविश्वाससहितको आत्मनिर्भर नेपालको सपना साकार पार्नुछ । हामी सबै एकजुट भए मात्रै देशले निकास पाउन सक्छ । आन्दोलनको नाममा आफ्ना वरपर भइरहेका अन्याय, अत्याचार र लुटपाटको डटेर सामना गरौं । जेनजीले आफ्नो सिर्जनात्मक शक्तिलाई उपयोग गरेर देश बनाउन सक्छ भन्ने सन्देश दिन जरुरी छ ।

- विज्ञान शिक्षाको प्रवर्द्धनमा लागेका भट्टराई युवा वैज्ञानिक हुन् 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
स्वास्थ्य बीमामा किन लापरवाही

स्वास्थ्य बीमामा किन लापरवाही

अरनिको नेपालका गहना

अरनिको नेपालका गहना