नेभिगेशन
दृष्टिकोण

सरकार र निजी क्षेत्रबीच विश्वासको संकट किन ?

अर्थतन्त्रमा विश्वासको वातावरण बन्न सकेन भने निजी क्षेत्रका साना वा ठूला लगानीकर्ता ढुक्क भएर लगानी गर्न सक्दैेनन् । मुलुक लामो समयदेखि राजनीतिक अस्थिरताको शिकार बन्यो । जसको प्रभाव अर्थतन्त्रमा लामो समयसम्म प¥यो । 
देशमा दुई तिहाइ नजिकको बलियो सरकार छ । राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डै दुई तिहाइको बहुमत भएको सरकारमा अर्थशास्त्रका विज्ञ डा.स्वर्णिम वाग्लेले अर्थमन्त्रालयको कमाण्ड सम्हालेका छन् । एकातिर बलियो सरकार, अर्कातिर विज्ञ अर्थमन्त्री । गणतन्त्र स्थापनापछि यो दुर्लभ संयोग पहिलो पटक जुरेको हो । त्यसैले आगामी आर्थीक वर्षको बजेटलाई निक्कै आशाको नजरले हेरिएको थियो । 
मुलुक लामो समयसम्म राजनीतिक अस्थिरताको कारण अर्थतन्त्र पनि अन्योलमा रह्यो । राजनीतिक अस्थिरता र सत्ता खिचातानीका कारण अर्थव्यवस्था, शासन पद्धति र सरकारको काम गर्ने शैलीबाट जनता निराश बने । राजनीतिक अस्तिरताको निशानामा मुलुकको निजी क्षेत्र रह्यो । कमिशन, बिचौलया र सेटिङबाट अनौपचारिक अर्थतन्त्र संस्थागत बन्यो । कर राजश्व प्रशासन, सरकारी संयन्त्र र सुरक्षा अंग,कानूनी शासन प्रणाली पनि अस्थिर राजनीतिको शिकार बन्न पुग्यो । 
यति बेला मुलुकले झण्डै दुई तिहाईको बलियो जनमत पाएको सरकार पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बलियो सरकार बनेको छ । पक्कै पनि यो रास्वपा नेतृत्वको सरकारका सामु शासन पद्धतिमा सुधारसँगै मुलुकको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउनु पर्ने दायित्व र चुनौती पनि छ । सरकारले निजी क्षेत्रलाई आत्मविश्वासमा लिन सकेको देखिएन । निजी क्षेत्रको विकास र निजी लगालीको सुरक्षाको लागि सरकार प्रतिबद्ध रहेको विश्वास राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्यमी व्यवसायीहरूसँगको छलफलमा प्रतिबद्धता जनाएका छन् । तर सरकारको काम गर्ने शैली र कतिपय अभिव्यक्तिहरूलाई लिएर निजी क्षेत्रका उद्यमी व्यवसायीहरूले भने आशंका व्यक्त गरेका छन् । निजी क्षेत्रका उद्यमी व्यवसायीहरूले निजी क्षेत्रका उद्यमी व्यवसायी तथा लगानीकर्तालाई त्रसित बनाएको गुनासो उनीहरूले पटक–पटक राख्दै आएका छन् । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल निर्माण व्यवसायी महासंघ लगायतका संस्थाका नेतृत्वकर्ताहरूले सरकारले निजी क्षेत्र प्रति गरेको व्यवहारले लगानी आकर्षित हुन नसक्ने गुनासो गदै आएका छन् । निजी क्षेत्रलाई थुन्ने अनि बयान गर्ने प्रवृत्तिले सरकारको शासन प्रणाली र व्यवहारको व्यवसायीहरूले खुलैरै विरोध गरे । नेपाप चेम्वर अफ कमर्सको कार्यक्रममा पनि अर्थमन्त्री डा स्वर्णिम वाग्लेसग उनीहरूले खुलेरै विरोध गरे । अर्थमन्त्री डा. वाग्ले पनि व्यवसायीको विरोध र गुनासोको शैलीको विरोध गरे र व्यवसायीलाई सच्चिएर नयाँ सोच र मान्यताबाट व्यवसाय गर्न आग्रह गरे । 
रास्वपाको नयाँ सरकार गठन भए पछि पनि निजी क्षेत्र खुलेर लगानी गर्न सकेको छैन । पक्कै पनि सरकारले शासन पद्धतिमा सुधार र सुशासनमा जोड दिएको छ । शासन प्रणालीलाई जनमुखी र उत्तरदायी बनाउन सरकार र निजी क्षेत्र दुवैको उत्तिकै जिम्मेवारी छ । निजी क्षेत्र पनि निति नियम र कानूनी शासनभन्दा बाहिर जान कदपि सक्दैनन् । निजी लगानीकर्तालाई सरकारको नीति र शैलीमा विश्वास हुुनुपर्छ । स्वदेशी लगानीकर्ता हतोत्साहित भए भने विदेशी लगानीकर्ता आकर्षित हुन सक्दैनन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सार्वजनिक कार्यक्रमहरूमा सरकार र नीजि क्षेत्रबीच त्रास र आशंका भन्दा पनि विश्वासको वातावरण निर्माण गर्न सरकारलाई आग्रह गदै आएका छन् । 
वास्तवमा अर्थतन्त्रमा लगानी आर्कर्षित गर्न सहज निति नियम र लगानीमैत्री वातावरण निर्माण हुनुपर्छ । आज मुलुकको उद्योगधन्दाहरू राम्रोसँग सञ्चालन भइरहेको अवस्था छैन । लगानीयोग्य रकम बैकिङ क्षेत्रको तरलता प्रवाह हुन सकेको छैन । उद्यमी व्यवसायी पर्ख र हेरको अवस्थामा कसरी मुलुकको नयाँ लगानी र उद्यमशीलताको विकास हुन सक्छ । 
आगामी आर्थिक वर्षको बजेट विवादबाट मुक्त रहन सकेन । अर्थमन्त्री वाग्लेले पेश गरेको बजेट पनि विवादबाट मुक्त रहन सकेन । बजेटमा गरिएको करको दर हेरफेर, शिक्षा,स्वाथ्य र विद्युतमा अतिरिक्त शुल्कको थप व्यवस्थाको विषय सदनदेखि सडकसम्मको विवाद र चर्चाको विषय बन्यो । 
बिचौलिया अर्थतन्त्र र एजेन्ट तथा राजनीतिक शक्ति र नेताको नजिक भएर काम गर्ने प्रवृत्ति र सोच छाडेर इमान्दारीपूर्वक काम गर्न निजी क्षेत्रलाई दवाव परेको छ । अर्थमन्त्रीले उद्यमी व्यवसायीलाई जिम्मेवार बन्न पटक–पटक आग्रह गरेको अवस्थाले सरकार र निजी क्षेत्र बीच अविश्वासको वातावरण रहेको पक्कै पनि देखिन्छ । राष्ट्रिय स्वतनत्र पार्टीैको सरकारको सामू पक्कै पनि अनेकौ चु्नौती र अवसरहरू छन् । मुलुकले लामो राजनीतिक अस्थिरता पछि स्थिीर र बलियो सरकार पाएको छ । यो सरकारले निजी क्षेत्र र नागरिक समाजलाई पनि विश्वासमा लिएर नागरिक स्वतन्त्रतालाई पनि सम्मान गर्नुपर्छ 
निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न सक्नुपर्छ । निजी क्षेत्र अझै पनि त्रसित मानसिकता रहेको अवस्थामा कसरी लगानी आर्कषित गर्न सकिन्छ, यो आफैंमा गम्भीर प्रश्नका रूपमा रहेको छ । सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन सकेको अवस्थमा मात्र लगानीकर्ता आर्कषित हुने हो । यसतर्फ बजेटमा यथोचित ध्यान नपुगेको नीजि क्षेत्रले टिप्पणी गरिरहँदा उनीहरूलाई विश्वस्त पार्न अर्थमन्त्रीले आगामी दिनमा थप मेहनत गर्नुपर्ने देखिन्छ । अर्थतन्त्रको सुधार गरेर लामो समयदेखि मुलुकमा रहेको युवाको बेरोजगारी र युवा पलायनको समस्यालाई सरकारले बलियो निगरानी बढाउन आवश्यक छ । आज पनि नेपाली युवा देश छाडेर वैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन । युवा ठूलो संख्यामा र।ोजगारीमा जाने र उनीहरूले पठाएको रेमिट्यान्सबाट मुलुक चल्ने हो भने दिगो हुन सक्दैन । सरकारले युवाको रोजगारी र उद्यमशीलतामा खासै ध्यान दिएको देखिँदैन । जेनजी आन्दोलनपछि मुलुकमा जनस्तरमा पनि ठूलो अपेक्षा रहेको छ । शासन पद्धति जनमुखी हुन सकेन भने जनतामा निराशा बढ्न सक्छ । राष्ट्रिय स्वतन्त्र पाटीको सरकारले ल्याएको कार्यक्रमले जनताको जीवनमा परिवर्तन गर्न सक्छ कि सक्दैन । त्यो महŒवपूर्ण कुरा हुन्छ । त्यसैले सरकारले बजेटमा गरिएको व्यवस्था र कार्यक्रमको कार्यान्वयन पक्ष महŒवपूर्ण हुन्छ । निजी क्षेत्रलाई विश्वासमा लिएर उनीहरूको लगानी र सपिलाई आत्मसात् गर्न सक्नुपर्छ । र्बैक तथा वित्तीय क्षेत्रले उद्यमी व्यवसायीको अवस्था र आवश्यकतालाई बुझेर लगानी गर्न सके भने मात्र मुलुकमा निजी लगानी आर्कर्षित हुन सक्छ । पक्कै पनि नेपाल राष्ट्र बैकले ल्याउने मौद्रिक नीतिले मुलुकको लगानीको सुरक्षा र तरलता व्यवस्थापनलाई सहज बनाउने नीति ल्याउने छ । पक्कै पनि सरकारले
 निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण निर्माण गर्ने छ । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा भइरहेको पहिलो महाधिवेशनले पनि निजी लगानी र अर्थतन्त्रको विकासमा सकारात्मक निती र योजना तय गर्ने छ । यो महाधिवेशनाई मुलुकको राजनीतिक तथा आर्थिक क्षेत्रमा पनि महŒवको साथ हेरिएको छ । रास्वपा नेतृत्वको सरकारले लिने नीति र योजनाबाट पक्कै पनि मुलुकको अर्थतन्त्रले गति लिने छ । सरकार र नीति क्षेत्रबीच विश्वासको वातारण निर्माण भएको अवस्थामा मुलुकको अर्थत्तन्त्रमा लगानीमैत्री वातावरण निर्माण हुने विश्वास लिन सकिन्छ । त्रास र असुरक्षाबाट मुक्त भएर खुला र उदार अर्थ नीति र व्यवसायिक पारदर्शिता र सुशासनको आवश्यकता आज मुलुकको विकास र समृद्धिको लागि आवश्यक छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्