नेभिगेशन
खेलकुद

रेफ्रीहरूमाथि दुर्व्यवहार बढ्दै

विश्वकप जारी रहँदा यतिबेला धेरैको नजर कडा नजर राख्ने रेफ्रीहरूमा पनि जाने गरेको छ । तर पछिल्लो समय गरिएको एउटा अध्ययनले संसारभर रेफ्रीहरूमाझ दुव्र्यवहार बढ्दै जान थालेको छ । त्यो दुव्र्यवहार यति बढिसकेको छ कि कयौँ रेफ्रीले पेशा नै छाडिसकेका छन् ।
रेफ्रीहरूका लागि यस्तो सास्ती नयाँ भने होइन । सन् २००४ को युरोज क्वाटरफाइनलमा स्विट्जरल्यान्डका रेफ्रीले पोर्चुगलविरुद्धको खेलमा इङ्गल्यान्डको गोललाई मान्यता नदिएपछि उनले प्रहरी सुरक्षा नै लिनुपरेको थियो । इंग्ल्यान्डका आक्रोशित समर्थकहरूले उनलाई १६ हजारभन्दा बढी इमेल पठाएका थिए ।
फुटबल रेफ्रीहरूसँग गरिने यस्तो व्यवहारलाई लिएर बेलायतको कोभेन्ट्री विश्वविद्यालयले एउटा अध्ययन गरेको छ । यस अध्ययनका लागि अनुसन्धानकर्ता टम वेब र हरजित सेखोनले युरोप, ओशिनिया र उत्तर अमेरिकाका १३ सयभन्दा बढी रेफ्रीहरूसँग कुराकानी गरेका छन् ।
यस सर्वेक्षणका आधारमा अनुसन्धानकर्ताहरू रेफ्रीहरूमाथिको दुव्र्यवहारले महामारीको रूप लिइसकेको बताउँछन् । ‘द कन्भर्सेसन’ पत्रिकामा प्रकाशित यस शोधपत्रका अनुसार ९८ प्रतिशत रेफ्रीले कुनै न कुनै समयमा दुव्र्यवहार भोगेका छन् भने करिब २० प्रतिशतले शारीरिक यातना समेत सहनुपरेको छ । अनुसन्धानकर्ताहरूले कुराकानी गरेका रेफ्रीहरूमध्ये झन्डै आधाले खेल छाड्ने विचार गरिरहेका छन् ।
प्रतिवेदनका अनुसार रेफ्रीहरूमाथिको दुव्र्यवहार यस हदसम्म बढेको छ कि अब फुटबलमा रेफ्रीहरूको अभाव हुन थालेको छ । गत वर्ष अगस्ट महिनामा मात्रै युइएफएले ४० हजार नयाँ रेफ्रीहरू भर्ना गर्ने उद्देश्यका साथ एउटा अभियान सुरु गरेको थियो ।
अनुसन्धानकर्ताहरू भन्छन्, ‘यदि खेलाडी, प्रशिक्षक र दर्शकहरूको व्यवहारमा ठूलो परिवर्तन आएन भने युरोपका साना प्रतियोगिताहरूले यी नयाँ रेफ्रीहरूलाई काममा टिकाइराख्न सक्ने छैनन् ।’
चालिएका कदमहरू
रेफ्रीहरूमाथि हुने दुव्र्यवहार रोक्नका लागि सन् २०२३ को फेब्रुअरीमा फुटबल संघले पहिलो पटक उनीहरूको शरीरमा क्यामेरा (बॉडी क्याम) जडान गर्ने परीक्षण गरेको थियो । फुटबल मैदान, ड्रेसिङ रुम र अन्य ठाउँहरूमा पोस्टरहरू टाँसेर खेलाडी, पदाधिकारी र दर्शकहरूलाई सम्मानजनक व्यवहार गर्न आग्रह गरिएको थियो ।
तर, अनुसन्धानकर्ताहरूका अनुसार यी उपायहरूको नतिजा अहिलेसम्म खासै देखिएको छैन । एक रेफ्रीले अनुसन्धानकर्ताहरूलाई भनेका छन्, ‘मलाई लाग्छ काउन्टी स्तरका अर्थात् शनिबार हुने लिग खेलहरू यसका सबैभन्दा नराम्रा उदाहरण हुन्, जहाँ खेलाडीहरू जसरी पनि जित्न चाहन्छन् । खेल अधिकारीहरूविरुद्ध अश्लील टिप्पणी र गालीगलौज सामान्य जस्तै बनेको छ । खेलाडीहरूले एकअर्कालाई छुनासाथ दर्शकहरू फाउल भन्दै चिच्याउन थाल्छन् ।’
प्रतिवेदनका अनुसार सन् २०१६ देखि यता १० हजारभन्दा बढी रेफ्रीले इङ्लिस फुटबल छाडिसकेका छन् । कोभिड महामारीका कारण रेफ्रीहरूको भर्ना प्रक्रिया झन् कठिन बनेको छ ।
रेफ्रीहरूमाथि हुने दुव्र्यवहारको अवस्था कतिसम्म खराब छ भने यसबाट बालबालिकाहरू समेत अछुतो छैनन् । सन् २०२१ को नोभेम्बरमा इङ्गल्यान्डका १३ र १४ वर्षका सबै रेफ्रीहरू हडतालमा उत्रिएका थिए । उनीहरू खेलाडीका अभिभावक र प्रशिक्षकहरूले गर्ने दुव्र्यवहारको विरोध गरिरहेका थिए ।
समाधान के त ?
अनुसन्धानकर्ताहरू भन्छन्, ‘एउटा मुख्य समस्या के हो भने रेफ्रीहरूलाई बाहिरी व्यक्तिका रूपमा हेरिन्छ, जसका कारण खेलाडी र दर्शकहरूलाई उनीहरूप्रति सहानुभूति राख्न गाह्रो हुन्छ ।’
वेब र सेखोन विगत दुई दशकदेखि संसारभरका विभिन्न खेलका रेफ्रीहरूमाथि अध्ययन गरिरहेका छन् । सन् २०२० मा उनीहरूले यस्तो दुव्र्यवहार कम गर्नका लागि १० बुँदे योजना सार्वजनिक गरेका थिए ।
उनीहरू खेलकुदमा रहेको दुव्र्यवहारको यो संस्कृतिलाई बदल्नुपर्ने आवश्यकता औँल्याउँछन् । यसमा प्रशिक्षकहरूको भूमिका महŒवपूर्ण हुन्छ, किनकि उनीहरूले नै आफ्ना खेलाडीहरूका लागि नियम पालनाको राम्रो उदाहरण बस्न सक्छन् ।
वेब र सेखोन आफ्नो प्रतिवेदनमा भन्छन्, ‘धेरैजसो रेफ्रीहरू खेलाडी, प्रशंसक र क्लबका पदाधिकारीहरूलाई अझ बढी सचेत गराउनुपर्ने बताउँछन्, ताकि मैदानमा खटिने यी रेफ्रीहरू पनि अन्ततः मानिस नै हुन् र मानिसहरूले खेलको आनन्द लिन सकून् भनेर उनीहरूले आफ्नो समय दिइरहेका छन् भन्ने कुरा सबैले बुझ्न सकून् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्