नेभिगेशन
अर्थतन्त्र

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २६ भदौ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकले जारी गरेको सूचनाअनुसार आज अमेरिकी डलर प्रतियुनिट खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा तोकिएको छ।

युरोपेली मुद्रामा युरो प्रतियुनिट खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा कायम भएको छ भने पाउन्ड स्टर्लिङको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ २२ पैसा तोकिएको छ।

त्यस्तै, स्विस फ्र्याङ्कको खरिददर १७६ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०५ पैसा, अष्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलरको खरिददर १०१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९५ पैसा रहेको छ।

एशियाली मुद्रातर्फ जापानी येन १० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा, चिनियाँ युआनको खरिददर १९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९ रुपैयाँ ८४ पैसा, साउदी रियालको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ। कतारी रियाल प्रतियुनिट खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ।

यस्तै, युएई दिरामको खरिददर ३८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३८ रुपैयाँ ४६ पैसा, थाई भाटको खरिददर ४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४ रुपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४८ पैसा तोकिएको छ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा, स्वीडिस क्रोनरको खरिददर १५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५ रुपैयाँ १० पैसा, र डेनिस क्रोनरको खरिददर २२ रुपैयाँ ०४ पैसा र बिक्रीदर २२ रुपैयाँ १४ पैसा तय भएको छ।

त्यसैगरी, हङकङ डलरको खरिददर १८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा, कुवेती दिनारको खरिददर ४६० रुपैयाँ ४६ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ४२ पैसा, बहराइन दिनारको खरिददर ३७४ रुपैयाँ १० पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६९ पैसा, र ओमानी रियालको खरिददर ३६५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्