नेभिगेशन
विश्व

अल्छ्याहा चिनियाँ युवाप्रति सरकारको चासो

बेइजिङ, (एजेन्सी)  । पछिल्ला केही वर्षदेखि चीनका लाखौँ निराश युवा “यत्तिकै पल्टने” वा “लाइङ फ्ल्याट” भनेर चिनिने मानसिकतामा आकर्षित भएका छन् । सीमित राम्रो तलबका रोजगारी भएको अर्थतन्त्रमा धेरै युवाले अत्यधिक काम गर्नुपर्ने सामाजिक दबाब अस्वीकार गरिरहेका छन् वा काम गर्नै छाडेका छन् ।

गत साता मंगलबार चीनको गुप्तचर निकायले युवाहरूमा बढ्दो निराशा भड्काउन विदेशबाट आएका चीनविरोधी प्रभावहरूलाई यसको मूल दोष दिएको छ । “युवाहरू राष्ट्रको भविष्य हुन् र विदेशी चीनविरोधी शत्रुतापूर्ण शक्तिहरूद्वारा वैचारिक घुसपैठका मुख्य लक्ष्य हुन्,” राज्य सुरक्षा मन्त्रालयले चीनको बहुउद्देश्यीय सामाजिक सञ्जाल प्लेटफर्म वीच्याटमा प्रकाशित पोस्टमा जनाएको छ ।

राज्य सुरक्षा मन्त्रालय (एमएसएस)ले केही विदेशी संस्थाहरूको नाम नराखी चीनविरोधी सञ्चारमाध्यम, थिंक ट्याङ्क र प्रभावशाली व्यक्तिहरूलाई आर्थिक सहयोग गरेको तथा योजनाबद्ध रूपमा “लाइङ फ्ल्याट मस्तिष्क धुलाई” अभियान चलाएको दाबी गरेको छ । जासुसीविरोधी कार्य पनि जिम्मेवार रहेको गोप्य निकाय एमएसएसले युवाहरूलाई सतर्क रहन, कडा मेहनत गर्न र “लाइङ फ्ल्याट” जस्ता प्रवृत्तिहरू अस्वीकार गर्न आह्वान गरेको छ ।

यो सामाजिक सञ्जाल घोषणाले बेइजिङ युवाहरूमा बढ्दो निराशाबारे झन् चिन्तित बन्दै गएको संकेत गर्छ । चीनको तीव्र आर्थिक वृद्धिका वर्षहरूमा जस्तो सामाजिक तथा आर्थिक उन्नतिको अवसर अब नभएको महसुसले धेरै युवाहरू निरुत्साहित भएका छन् ।

समूह च्याट र टिप्पणीहरूमा धेरै चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एमएसएसको सन्देशको आलोचना गरेका छन् । लामो काम गर्ने समयबारे गुनासो गरेका छन् र श्रम अधिकारको संरक्षणका लागि सरकारले थप काम गर्नुपर्ने बताएका छन् । केहीले सामाजिक समस्याको बहानाका रूपमा बेइजिङले “विदेशी शक्तिहरू” प्रयोग गरेकोमा दिक्क मानेको बताएका छन् ।

चीनका युवाहरूको चिन्ता बढाउने अर्को कारण कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले ठूलो संख्यामा ह्वाइट कलर रोजगारी समाप्त गर्न सक्ने सम्भावना पनि हो । चिनियाँ नेता सी जिनफिङले युवाहरूले आफ्नो मनोबल बलियो बनाउन र कठिनाइलाई अँगाल्नुपर्ने बताएका छन् । “असंख्य युवाहरूले आफ्ना कार्यमार्फत् उज्ज्वल जीवन केवल कडा परिश्रमबाट मात्र लेख्न सकिन्छ भन्ने प्रमाणित गरेका छन्,” एमएसएसले मंगलबार जनाएको छ ।
तर पछिल्ला वर्षहरूमा विदेशी शक्तिहरूले “अनलाइन प्लेटफर्महरू प्रयोग गरेर सामाजिक चिन्तालाई जानाजानी बढाएका छन्,” मन्त्रालयले भनेको छ, “उनीहरू हाम्रो युवाहरू ‘अल्छ्याइँ गरून्’ भन्ने मात्र चाहन्छन् ताकि हामीले आफ्नो प्रगति, अवसर र भविष्य अरूलाई जिम्मा दिऔँ ।”

चीनका युवाहरूको चिन्ता बढाउने अर्को कारण कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले ठूलो संख्यामा ह्वाइट कलर रोजगारी समाप्त गर्न सक्ने सम्भावना पनि हो। चिनियाँ नेता सी जिनफिङले युवाहरूले आफ्नो मनोबल बलियो बनाउन र कठिनाइलाई अँगाल्नुपर्ने बताएका छन्। “असंख्य युवाहरूले आफ्ना कार्यमार्फत् उज्ज्वल जीवन केवल कडा परिश्रमबाट मात्र लेख्न सकिन्छ भन्ने प्रमाणित गरेका छन्,” एमएसएसले मंगलबार जनाएको छ।

तर पछिल्ला वर्षहरूमा विदेशी शक्तिहरूले “अनलाइन प्लेटफर्महरू प्रयोग गरेर सामाजिक चिन्तालाई जानाजानी बढाएका छन्,” मन्त्रालयले भनेको छ, “उनीहरू हाम्रो युवाहरू ‘अल्छ्याइँ गरून्’ भन्ने मात्र चाहन्छन् ताकि हामीले आफ्नो प्रगति, अवसर र भविष्य अरूलाई जिम्मा दिऔँ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्