नेभिगेशन
खेलकुद

कस्तो छ फुटबलको पावर -याङ्किङ ?

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ को समूह चरणका दुई–दुई खेल सकिँदा उपाधि दाबेदार टोलीहरूको ‘पावर ¥याङ्किङ’ सार्वजनिक भएको छ । विश्वभरका १९ खेल पत्रकारहरूको मतका आधारमा तयार पारिएको यस र्याङ्किङमा साविक उपविजेता फ्रान्सले आफ्नो शीर्ष स्थान सुरक्षित राखेको छ ।
लगातार दुई सहज जित दर्ता गरेको फ्रान्सका लागि स्टार स्ट्राइकर किलियन एम्बाप्पेले ४ गोल गरिसकेका छन् । यस्तै, दोस्रो स्थानमा उक्लिएको अर्जेन्टिनाका लागि कप्तान लियोनेल मेस्सी चम्किरहेका छन् । उनले टोलीका सबै ५ गोल गर्दै पुरुष विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन् । तेस्रो स्थानमा लामिन यमालको उत्कृष्ट पुनरागमनसँगै स्पेन रहेको छ भने घानासँग गोलरहित बराबरीमा रोकिएपछि इङ्गल्यान्ड दुई स्थान तल झर्दै चौथो स्थानमा पुगेको छ ।
जर्मनी पाँचौँ र ब्राजिल छैटौँ स्थानमा रहँदा स्विडेनमाथि सानदार जित निकालेको नेदरल्यान्ड्स सातौँ स्थानमा उक्लिएको छ । उता, उज्बेकिस्तानलाई ५–० ले पराजित गर्दै पोर्चुगल आठौँ स्थानमा आउन सफल भएको छ । सो खेलमा दुई गोल गर्दै क्रिस्टियानो रोनाल्डोले ६ वटा फरक विश्वकप संस्करणमा गोल गर्ने पहिलो खेलाडीको ऐतिहासिक कीर्तिमान बनाएका छन् ।
यसैगरी, पहिलो पटक विश्वकप खेलिरहेका एर्लिङ हालान्डको ४ गोलको मद्दतले नर्वे नवौँ स्थानमा उक्लिन सफल भएको छ भने अफ्रिकी शक्ति मोरक्को दशौँ स्थानमा समेटिएको छ । ४८ टोली सहभागी यस विश्वकपमा कमजोर मानिएका केप भर्ड जस्ता देशले स्पेन र उरुग्वेलाई बराबरीमा रोकेर नकआउट चरणको सम्भावना जीवितै राख्दै विश्वकपलाई थप रोमाञ्चक बनाएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्