नेभिगेशन
नेपाल

संसद विघटन गर्ने निर्णयप्रति माओवादी केन्द्रको कडा असहमति

काठमाडौं, २७ भदौ - वर्तमान प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति माओवादी केन्द्रले कडा असहमति जनाएको छ ।

पार्टीले शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आकस्मिक भर्चुअल बैठक बस्दै मुलुकको ताजा परिस्थितिबारे समीक्षा गरेको बताइएको छ । बैठकले संसदको विघटन संविधानको मर्म र लोकतान्त्रिक अभ्यास विपरीत भएको निष्कर्ष निकालेको हो ।

पार्टीका प्रवक्ता अग्नि सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, त्यसप्रति हाम्रो पार्टी गम्भीर असहमति प्रकट गर्दछ ।”
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्