नेभिगेशन
विश्व

भूकम्पले ५८ हजारभन्दा बढी भवनहरू क्षतिग्रस्त

कराकास, (एएफपी) । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा द्वारा प्रकाशित उपग्रह तथ्यांकको प्रारम्भिक मूल्यांकनअनुसार गत हप्ता भेनेजुएलामा आएका शक्तिशाली दुई वटा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरूलाई क्षतिग्रस्त भएको उल्लेख गरिएको छ । 
भेनेजुएलामा गत हप्ता ७.२ र ७.५ म्याग्निच्युडको भूकम्पमा परी एक हजार ७०० जनाको मृत्यु भएको पुष्टि हुनुका साथै हजारौं अझै बेपत्ता भएको बताइएको छ । 
ओरेगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ता कोरी शेर र जामोन भान डेन होकका अनुसार भूकम्पको भोलिपल्ट जुन –२५ मा संकलन गरिएको उपग्रह राडार तथ्यांको आधारमा प्रभावित क्षेत्रमा लगभग ५८ हजार ८७० वटा भवनहरू क्षतिग्रस्त भएको जनाइएको हो ।
युरोपेली अन्तरिक्ष एजेन्सीको ‘उच्च–रिजोल्युसन राडार इमेजरी उपग्रह सेन्टिनेल–१’ बाट तथ्यांक उद्धृत गरिरहेको जनाइएको छ ।
यो प्रारम्भिक तथ्यांक द्रुत मूल्यांकनले क्षतिसँग मिल्दोजुल्दो अवस्थालाई प्रतिविम्बित गर्ने अनुसन्धानकर्ताहरूले जनाइएका छन् उनीहरूका अनुसार यो तथ्याङ् प्रमाणित हुने प्रक्रिया अझै बाँकी नै छ । 
नासाले उपग्रहहरूले जमिनमा रहेका उद्धार टोलीहरूलाई प्रभावहरूको मूल्यांकन गर्न र प्रतिक्रिया प्रयासहरूलाई मार्ग–दर्शन गर्न मद्दत गर्नका लागि महŒवपूर्ण तथ्यांक उपलब्ध गराएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्