नेभिगेशन
नेपाल

प्रधानमन्त्री सुशीला कार्कीलाई भारत र राष्ट्रसंघको बधाई

काठमाडौं (संवाददाता )– प्रधानमन्त्री सुशीला कार्कीलाई भारतले बधाई दिएको छ । ‘हामी नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गर्दछौं, जसको नेतृत्व माननीय
श्रीमती सुशीला कार्कीले गर्नुभएको छ । यसले शान्ति र स्थायित्व प्रवर्द्धन गर्न मद्दत गर्ने विश्वास हामीलाई छ,’ विज्ञप्तिमा भनिएको छ । 

साझेदारी निरन्तर रहने प्रतिवद्धता भारतले जनाएको छ । ‘नजिकको छिमेकी, लोकतन्त्रको साथी र दीर्घकालीन विकास साझेदारको हैसियतले भारत नेपालस“ग दुवै देश र जनताको समृद्धि तथा कल्याणका लागि घनिष्ठ रूपमा काम गर्न निरन्तर प्रतिबद्ध रहनेछ,’ विज्ञप्तिमा उल्लेख छ । 

नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले बधाई दिएकी छन् । जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तिमा राष्ट्रसंघले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिवद्धता जनाइएको छ । 

‘यो महत्वपूर्ण मोडमा संयुक्त राष्ट्रसंघ नेपाली जनताको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको आकांक्षामा साथ दिन प्रतिबद्ध छ,’ संयोजक हम्डीले उल्लेख गरेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्