नेभिगेशन
विश्व

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’

मस्को, (सिन्ह्वा) । रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को अभियान पूरा गरेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार घोषणा गरेका छन् ।

“संयुक्त सुरक्षा बल समूहका इकाई र सङ्गठनहरूले रुसी सशस्त्र बलको जनरल स्टाफद्वारा तयार पारिएको सञ्चालन योजना अनुसार आफ्नो अभियान पूरा गरिरहेको जानकारी मैले गराउन चाहन्छु । लुहान्स्क पिपुल्स रिपब्लिकको पूर्ण मुक्ति हालै पूरा भएको छ,” पुटिनले संयुक्त सुरक्षा बल समूहको एक अस्थायी कमान्ड पोस्टमा आयोजित बैठकमा भने ।

डोनेत्स्कको क्षेत्र तथा जापोरिज्जिया र खेरसन क्षेत्रमा युक्रेनी सैन्य गठनको समाप्ति जारी रहेको नेता पुटिनले थपे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्