नेभिगेशन
नेपाल

को-को छन् जेनजी काठमाडौं कोर टिममा ?

काठमाडौं (संवाददाता) – मुलुकको शासकीय प्रणालीलाई धक्का दिएर नयाँ बाटो हिड्न जेनजीले बाध्य पारेको छ । अन्तरिक सरकारको नेतत्त्वमा नाम टुंगो लागे पनि जेनजीले राखेको प्रतिनिधि सभा विघटनको प्रस्ताव राष्ट्रपतिले सजिलै स्वीकारेका होइनन् । शुक्रबार पनि लामो वार्तापछि सहमति जुटेको हो । 

अब प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल गठन गरेर पठाउने विघटनको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गरेपछि प्रक्रियाले वैधानिकता पाउनेछ । मुलुकलाई हल्लाउने जेनजी को हुन् ? बरमझियाको बाजेको पेडा जसरी सामाजिक सञ्जालमा एक दर्जनभन्दा बढी समूहहरू आफूलाई वास्तविक गर्ने होडबाजी छ । सेना र राष्ट्रपतिसँग वार्ता र परामर्शमा रहेका जेनजीको काठमाडौं कोर टिममा १२ जना रहेका छन् ।

सुदन गुरुङ

चितवनको भरतपुर १८ गुन्जानगरका कालिका बोर्डिङ स्कूलबाट एसएलसी गरेका सुदन गुरुङको पुर्ख्यौली घर गोरखा हो । उनी नृत्य र संगीत ज्यादै मन पराउने मान्छे हुन् । उनको भनाइ छ, जुन कुराको अस्तित्व छैन मलाई त्यहीँ केही बनाउन मन लाग्छ । अरुले बनाएको कुरामा मलाई रुचि हुँदैन । सन् २०१५ सम्म उनले क्लब ओएमजी चलाए । दुःख गरेर पैसा कमाउनु हुँदैन, मजा र आनन्दसँग पैसा कमाउनुपर्छ भन्ने विचार राख्ने उनी अरुलाई खुशी बनाउन भनेर डीजे बनेका थिए ।

उनको जीवन परिवर्तन भने, २०७२ सालको भूकम्पबाट भएको बताउँछन् । शुक्रबार रातभर पार्टी थियो । हुलहुज्जत गरेको भन्दै प्रहरीले उनी र साथीहरूलाई थुनामा राख्यो । शनिबार भूकम्प गयो । भागाभाग हुँदा उनी चौकीबाट निस्किए र उद्धारमा खटिए ।

क्लब र इभेन्ट म्यानेज्मेन्ट चलाएको अनुभवले हस्पिटलमा खाना, पानी चाहिन्छ भन्ने अनुभूत भयो र उनले त्यहाँ व्यवस्थित गर्न थाले । त्यहाँ उनलाई सघाउनेहरू पनि क्रमशः बढ्न थाले । त्यसपछि उनले ‘आई टू वी’ अर्थात् ‘मबाट हामी’ संस्था निर्माण गरे । उनले भनेका छन्, ‘भूकम्पका बेला तीन दिन सुतिनँ । तीन महिना त हस्पिटलमा नै बसे “ ।’

पछि उनका साथीहरूले झक्झक्याएपछि क्लब खोले तर पहिलेको जस्तो रमाइलो भएन । उनको डिजेइङको चाह घटिसकेको थियो । अरुलाई सेवा गर्ने चाह बढेर गएको थियो । त्यही बेला उनले बुझे, ‘जीवन रमाइलो मात्र होइन, त्योभन्दा बढी हो । त्यो बढी चाहिं कुनै दुःखीको आँखामा आशा र खुशी हो । अरुको जीवनको खुशी नै सबैभन्दा ठूलो पुण्य हो ।’

समाजसेवाप्रति रुचि बढेपछि उनी त्यसमा सक्रिय त भए, आफूले कमाएको सारा पैसा त्यसैमा लगानी गरे । पछि अलिअलि बाहिरबाट सहयोग पाउन थाले । ‘पहिला म सानो कुरामा पनि कुटपिटमा उत्रिहाल्थे', समाजसेवामा लाग्दा थाहा भयो, म शान्त मान्छे पनि रहेछु,’ उनले भनेका छन् ।

सहयोग गर्ने प्लेटफर्म बनाउने उद्देश्यले ‘हामी नेपाल’ बनाएको उनले बताए । भूकम्पमा जोडिएका बेला हर कोही सहयोग गर्न चाहन्थ्यो । तिनैलाई उपयोग गरेर हामी नेपालले काम गरेको उनले बताए । यो समूहले नै पछि धरानको अस्पताल सुधारका लागि लामो समयसम्म आन्दोलन गर्‍यो । त्यो आन्दोलन असफल भएपछि उनलाई लाग्यो, यो देशमा राजनीतिमा सुधार नभई केही कुरामा सुधार नहुने रहेछ ।

नेपालकै प्रथम महिला प्रधानमन्त्रीका रुपमा शपथ लिएकी सुशीला कार्कीलाई शथपपछि आफ्नो समूहमा को को छन्, कसको भूमिका कस्तो छ भन्ने चिनाउने काम उनैले गरेका थिए । शपथ ग्रहण सकिएपछि सामूहिक तस्वीर खिच्दै गर्दा प्रधानमन्त्री कार्कीले यिनै सुदनको हात समातेर उचालेकी थिइन् । पछि समूहमा भएका सबैले हात उचालेका थिए ।

तनुजा पाण्डे (हरिण नेपालको संस्थापक अध्यक्ष)

झापा मुख्य घर भएकी उनले नेशनल ल कलेजमा अध्ययन गरेकी हुन् ।

रक्षा बम

कैलालीकी बम मूलतः उज्ज्वल थापा फाउन्डेशनबाट चर्चामा आएकी हुन् ।

समय खड्का

किङ्स कलेजका विद्यार्थी, युएस एम्बेसी युथ काउन्सिलका सदस्यसँगै मिराई
ग्लोबल एडुकेशन एन्ड भिसा सर्भिसेज चलाउथे । उनी कोभिड कन्सर्टका प्रमुख कार्यकारी पनि हुन् ।

अभिजीत अधिकारी

भक्तपुर निवासी अभिजीत नेशनल ल कलेजका विद्यार्थी हुन् ।

प्रदीप ज्ञवाली

बुटवलका प्रदीप ज्ञवाली पहिले विराजभक्त श्रेष्ठको मुख्य सचिवका रुपमा काम गरिसकेका व्यक्ति हुन् ।

रजनीश, युजन राजभण्डारी, रिजन रानामगर, अनुषा खनाल, निरज गौतम, सुस्मिता क्षेत्री, आकृति घिमिरे, सुयशा शाक्य, मोनिष चौधरीका नाम पनि बजारमा आउने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्