नेभिगेशन
प्रदेश

माडीमा काजीको शालिक

नारायणगढ (चितवन) । उचाइमा उभिएर हेर्दा देखिने माडी उपत्यकाको सुन्दर दृश्य, चुरे पर्वतमालाको विशाल रूप र ऐतिहासिक गढीले अब एउटा जीवन्त इतिहास बोकेर बसेको अनुभूति गराउँछ । चितवनको माडी नगरपालिकास्थित सामरिक एवं धार्मिक दृष्टिले देशकै महŒवपूर्ण आधारस्थल मानिने ऐतिहासिक सोमेश्वरगढी एउटा विशेष र ऐतिहासिक क्षणको साक्षी बन्यो । 
माडी नगरपालिका र नेपाली सेनाको सहकार्यमा यहाँ निर्मित प्रधानसेनापति (काजी) अभिमानसिंह बस्न्यातको शालिकको अनावरण गरिएसँगै पार्कले पूर्णता पाएको छ । मध्य–पृतनापति उपरथी विष्णुकुमार खड्काले महान् योद्धा तथा सोमेश्वरगढी विजयका नायक बस्न्यातको सम्मान, श्रद्धा र स्मरण स्वरूप पूर्णकदको शालिक अनावरण गरे । पूर्ण सैनिक पोसाकमा, बायाँ हातमा ढाल, दायाँ हातमा तरबार र कम्मरमा खुकुरीसहित उभिएका काजीको शालिकले यहाँ पुग्ने जा–कोहीलाई पनि नेपाल एकीकरणको वीरगाथा र राष्ट्रिय स्वाभिमानको बलियो ऊर्जा प्रदान गर्ने उनको विश्वास छ ।
बस्न्यातको इतिहासको खोज, अनुसन्धान र दस्तावेजीकरणमा माडी प्रज्ञा प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नगरप्रमुख ताराकुमारी काजी महतोले त्यसैका आधारमा शालिक निर्माणलाई पूर्णता दिन सकिएको बताइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्