नेभिगेशन
नेपाल

प्रधानमन्त्री कार्कीले पदभार सम्हालिन्

काठमाडौँ, २९ भदौ — नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेकी छन् । भदौ २७ गते उनलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको थियो र आज उनले गृहमन्त्रालयको नयाँ भवनमा पदबहाली गरेकी छिन् ।

पदभार ग्रहण गर्दा मुख्यसचिव एकनारायण अर्याल, विभिन्न सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू र पदाधिकारीहरू उपस्थित थिए । पदबहालीपछि कार्कीले सचिवहरूसँग बसेर मन्त्रालयको कामकाजबारे जानकारी लिइकी छन् ।

भदौ २३ र २४ गतेको जेनजीले आन्दोलन पछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्