नेभिगेशन
दृष्टिकोण

युवकको सफलता कि असफलता ?

एकजना युवक जीवनबाटै निराश भएर जङ्गलमा गई एउटा रुखमुनि बसेर रोइरहेको थियो । अचानक त्यहाँ एउटी मृत्युकी देवी आइपुगिन् र सोधिन्– ‘तिमी किन यति धेरै दुःखी भइरहेको ? तिमीलाई के 
भयो ? के तिमीलाई बाँच्नै मन लागेन ?’
त्यस युवकले भन्यो– ‘मैले जे काम गरे पनि सफल भइनँ । सबैले मलाई हेलाँ गर्न थाले । म धेरै असफल भएँ । त्यसैले म आफ्नो जीवनबाटै वाक्क भएर बाँच्नै मन लागेन र यहाँ दुःखी भएर बसेको हुँ ।’
त्यस युवकको कुरा सुनेर मृत्युकी देवीले भनिन् कि अब तिमी दुःखी हुनुपर्दैन, तिमी सफल बन्ने छौ । मैले तिमीलाई एउटा वरदान दिनेछु, जसबाट तिमी एउटा सफल वैद्य बन्नेछौ तर सबैको 
उपचार नगर्नु । बिरामीको अगाडि आँखा चिम्लेर हेर्नु यदि म बिरामीको खुट्टातर्फ उभिएको देखेमा सम्झनु कि यो बिरामी ठीक हुन्छ । यदि म उसको शिरतर्फ मलाई देखेमा जान्नु कि केही दिनमै उसको मृत्यु हुनेछ । त्यस्ता बिरामीको उपचार नगर्नु भन्दै त्यस युवकलाई वरदान दिइन् । 
त्यस युवकले बिरामी मान्छेहरूको उपचार गर्न थाल्यो । धेरै टढा–टाढासम्म उसको कीर्ति फैलिन थाल्यो, एक सफल वैद्यका रूपमा । जताततै प्रचार हुन थाल्यो कि यो युवा वैद्यले जसको उपचार गर्छ ऊ ठीक हुन्छ । ऊ सफल र धनवान बन्यो । 
एकदिन त्यस देशकी राजकुमारी बिरामी भइन् । जति डाक्टर, वैद्य देखाए पनि राजकुमारी निको भइनन् । अनि राजाले घोषणा गरे कि जसले राजकुमारीको उपचार गरेर निको पार्छ उसैसँग राजकुमारीको बिहे गरिदिने । विभिन्न ठाउँबाट वैद्यहरू आए तर सबैले हार खाए । तब त्यस युवक पनि दरबारमा गयो । उसले राजकुमारीलाई देख्नेबित्तिकै प्रेम भयो, मन परायो तर उसले देख्यो कि मृत्युकी देवी त राजकुमारीको शिरपट्टि उभिरहेकी । 
अब त्यो युवकलाई फसाद प¥यो, केही सोचेर बस्यो । ऊ कुनै पनि हालतमा राजकुमारीलाई गुमाउन चाहँदैनथ्यो । उसले चारजना नोकर बोलायो र छिटो–छिटो पलंगको दिशा बदलिदियो । अब मृत्युकी देवी राजकुमारीको खुट्टापट्टि परिन् । युवकको यस चलाखीबाट मृत्युकी देवी ज्यादै रिसाइन् र त्यहाँबाट गइन । राजकुमारी ठीक भइन् । 
तर त्यसै दिनको रातीदेखि युवकलाई सपना आउन थाल्यो कि मृत्युकी देवी उसैको शिरतर्फ उभिरहेकी छिन् । ऊ पूरा रात टाउको तलतिर र माथितिर गर्दै सुत्न थाल्यो । तर, हरेक पटक मृत्युकी देवी उसको टाउकोतर्फ नै हुन्थिन् । यस कार्यबाट त्यो युवक यति आतंकित हुन थाल्यो कि केही दिनपछि उसले आफ्नो मानसिक सन्तुलन नै गुमायो ।
(लेखक डंगोल धर्म–संस्कृतिका जानकार हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
मिडियामाथि सरकार कठोर

मिडियामाथि सरकार कठोर

संघीयतामाथिको अवधारणा

संघीयतामाथिको अवधारणा