नेभिगेशन
प्रदेश

पालिकाका इन्जिनियर घूसको ६ लाखसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्दै एक जना इन्जिनियरलाई पक्राउ गरेको छ । इलामको चुलाचुली गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई घूसमा लिएको ६ लाख रुपैयाँसहित नियन्त्रणमा झापाको दमक–१ स्थित एउटा खाजाघरबाट बुधबार पक्राउ गरेको हो । 
आयोगका छैटौं तहका इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएबापत तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचना आएको थियो । उक्त सूचनापछि आयोगको टंगाल र इटहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले खड्कालाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा छ । नियन्त्रणमा लिइएका खड्कामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्