नेभिगेशन
प्रदेश

मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । एमाले नेता कँडेललाई हटाएर कांग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने प्रस्तावमा छ ।  
केन्द्रमा एमाले–कांग्रेस गठबन्धनमा समस्या आएसँगै प्रदेशका सत्ता गठबन्धन धरापमा परेको हो । कर्णालीमा नेपाली कम्युनिष्ट पार्टीका ११ र कांग्रेसका ५ गरी १६ जना प्रदेशसभा सदस्यहरूले हस्ताक्षर गरी बिहीबार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव बुझाएका हुन् । प्रदेशसभा सदस्यहरूले संविधानको धारा १८८ को उपाधारा ४ तथा कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १५२ को उपनियम २ बमोजिम लिखितरुपमा अविश्वासको प्रस्ताव पेस गरेको प्रदेशसभामा नेकपाका नेता मंगलबहादुर शाहीले जानकारी दिए । 
अविश्वास प्रस्तावमा प्रदेशसभा सदस्यहरू मंगलबहादुर शाही, राजकुमार शर्मा, कृष्णबहादुर जीसी, उर्मिला विश्वकर्मा, कल्याणी खड्का, जुम्कीत लामा कार्की, वीरबहादुर शाही, भीमप्रकाश शर्मा, महेन्द्र केसी, मिलन खड्का, रनसिंह परियार, हिक्मतबहादुर विष्ट, वेदराज सिंह, सुरेश अधिकारी, विजया बुढा र कृष्णकुमार बीसीले हस्ताक्षर गरेका छन् । उनीहरूले  संविधानको धारा १८८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदका लागि जीवनबहादुर शाहीलाई प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्