नेभिगेशन
नेपाल

पुरानो पार्टी श्रीमतीलाई, रेशम चौधरीले खोले नयाँ पार्टी

काठमाडौं (संवाददाता) - नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं संरक्षक रेशम चौधरीले आइतबार पार्टी परित्याग गर्दै नयाँ खोलेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ घोषणा गर्दै पुरानो पार्टीसँगको सम्बन्ध अन्त्य भएको जानकारी दिएका हुन् ।

टीकापुर घटनापछि लामो समय भूमिगत रहेका चौधरी २०७४ को प्रतिनिधि सभा चुनावमा भारी मतले विजयी भएका थिए । जेलमा रहँदै चुनाव जितेका उनी पछि नाउपाको संरक्षक बनेका थिए । तर पछिल्ला दिनमा पार्टी नेतृत्व, विशेषगरी आफ्नी श्रीमतीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको सम्बन्ध बिग्रदै गएको थियो ।

पार्टीभित्र दुई धार सिर्जना भएको अवस्थामा चौधरी र श्रेष्ठ छुट्टै समूहमा उभिएका थिए । निर्णय प्रक्रिया, नेतृत्व शैली र राजनीतिक मुद्दामा असहमति बढ्दै गएपछि अन्ततः चौधरीले आफू स्थापना गरेरै संरक्षण गरेको पार्टीमै अटाउन नसकेको उल्लेख गरेका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब नयाँ यात्राको सुरुआत गर्नुपर्ने अवस्था आएको छ, त्यसैले नयाँ पार्टी घोषणा गरेको छु ।’ चौधरीको कदमले तराई–मधेस क्षेत्रको राजनीतिमा नयाँ समीकरण बनाउन सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्