नेभिगेशन
नेपाल

लाइसेन्स वितरण अनिश्चितकालका लागि बन्द

काठमाडौं, २९ भदौ - यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणसम्बन्धी सबै काम अनिश्चितकालका बन्द गरेको छ । विभागले आइतबार विज्ञप्ती जारी गरी जेनजी समूहको आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी तथा चोरीबाट कार्यालयका इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन एवं सर्भरमा क्षति पुगेकाले लाइसेन्स वितरणको सेवा अनिश्चित कालका लागि बन्द गरिएको जनाएको हो ।

विभागले आगाजनी र तोडफोडका कारण कार्यालयमा बस्ने अवस्था नरहेको र काम गर्ने उपकरणहरू नै नभएको भन्दै लाइसेन्स छपाई र वितरणको सबै काम बन्द गरेको हो । विभागले सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द भएकाले सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध हुन भएको प्रष्ट पारेको छ ।

आन्दोलनको दिन पुगेको भीडले कार्यालयमा प्रवेश गरी आगजनी गर्नुका साथै त्यहाँ भएका सामाग्री तोडफोड गर्नुका साथै केही व्यक्तिले चोरी गरेका थिए । भीडले यातायात कार्यालयभित्र सर्वसाधारणका लागि वितरण गर्न तयारी अवस्थाका सवारी चालक अनुमतिपत्र बाहिर ल्याएर भुईंमा छरिदिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्