नेभिगेशन
राजनीति

एमाले-नेकपा तीनबुँदे सहमति

काठमाडौं । एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका लागि तीनबुँदे सहमति भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले लिनेछ । मधेश र गण्डकीमा अन्य दलसँग परामर्श गरेर सरकार गठन गरिनेछ ।
दुई दलले प्रदेश सभामा देखिएको बजेट निर्माणको अवरोध, राजनीतिक अस्थिरता र अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिन सहकार्य गरिएको बताएका छन् । कांग्रेसले प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेलगत्तै भएको यो सहमतिलाई प्रदेश राजनीतिको नयाँ समीकरण र सम्भावित वाम सहकार्यको संकेतका रूपमा हेरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्