नेभिगेशन
प्रदेश

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग

वीरगञ्ज । नेपाल चिकित्सक संघले शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ । संघले आज विज्ञप्ति जारी गर्दै डा. राममाथि शनिबार बेलुका करिब ४०–५० जनाको समूहले मरणासन्न हुनेगरी सांघातिक आक्रमण गरेको जनाउँदै घटनाको भत्र्सना गरेको छ । 
    शनिबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका मुटुसम्बन्धी समस्याका बिरामी र घटनाको यथार्थ नबुझी अस्पतालको अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरी आतंक सृजना गरिएको र सोही क्रममा डा राममाथि सांघातिक आक्रमण गरिएको संघको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
नारायणी नदीमा तटबन्ध

नारायणी नदीमा तटबन्ध

भन्सार छलीका कपडा बरामद

भन्सार छलीका कपडा बरामद