नेभिगेशन
प्रदेश

लागुऔषधसहित दुई जना नियन्त्रणमा

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालयले आज लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित जय नेपाल होटलको कोठा नं ११८ मा लागुऔषध बिक्रीवितरण भइरहेको सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी इनरुवा र लागुऔषध नियन्त्रण ब्यूरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटलको कोठामा कानुनबमोजिम खानतलासी गर्दा एनआईटिसी–१० लेखिएको २० पत्तामा २०० थान ट्याबलेट र ओएनआरइएक्स लेखेको १०० मिलीग्रामका दुई बोतल लागुऔषध फेला परेको जानकारी दिए ।
    उक्त लागुऔषध बिक्रीवितरण कार्यमा संलग्न चितवनस्थित रत्ननगर नगरपालिका–६ बस्ने ५२ वर्षीय उत्तमकुमार पाठक र पर्सास्थित वीरगञ्ज महानगरपालिका–२ का ३५ वर्षीय ओसिम ठकुराईलाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
नारायणी नदीमा तटबन्ध

नारायणी नदीमा तटबन्ध

भन्सार छलीका कपडा बरामद

भन्सार छलीका कपडा बरामद