नेभिगेशन
खेलकुद

बेसबल टोली जापान जाँदै

बत्तीसौँ विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुन पाँच खेलाडीसहित छ सदस्यीय नेपाली टोली बुधबार जापानको नारिता जाने भएको छ । वल्र्ड चिल्ड्रेन्स बेसबल फाउन्डेसनको आयोजनामा यही जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म हुने फेयरमा अभिनय श्रेष्ठ, सङ्कल्प पौडेल, युएल रोक्का, भूमिका खड्का र खुशी श्रेष्ठले सहभागिता जनाउने छन् ।
प्रशिक्षकमा विपिन बज्राचार्य छन् । फेयरमा नेपालसहित १४ राष्ट्रको सहभागिता रहने छ । फेयरका दौरान सहभागीले क्लिनिकमा भाग लिनुका साथै निप्पोन प्रोफेसनल बेसबल गेमको अवलोकन गर्ने अवसर पनि पाउने छन् । खेलाडीले विभिन्न राष्ट्रका खेलाडीसँग मिलेर मैत्रीपूर्ण प्रतियोगिता खेल्ने छन् ।
नेपाल बेसबल तथा सफ्ट सङ्घका अध्यक्ष दीपक न्यौपानेले सहभागीको सम्पूर्ण खर्च फाउन्डेनसनले प्रायोजन गरेको बताए । उनका अुनसार सहभागी सबैले जनही करिब एक लाख बराबरको खेल सामग्री र पोशाक पनि प्राप्त गर्ने छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंहले सोमबार आयोजित एक कार्यक्रममा बिदाइ गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्