नेभिगेशन
प्रदेश

कर्णालीको मुख्यमन्त्रीमा शाही नियुक्त

कर्णाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मङ्गलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।  

नेकपा (एमालेको समर्थनमा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शाहीले मुख्यमन्त्री पदमा आज अपरान्ह ५ः०० बजे दाबी पेस गरेका थिए । दाबी पेसपछि प्रदेश प्रमुख जोशीले नेता शाहीलाई आजै मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्री शाहीको बुधबार शपथ ग्रहण गर्ने कार्यक्रम छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच यही साउन ९ गते सत्ता समीकरणका लागि सहमति भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्