नेभिगेशन
राजनीति

वरिष्ठ नेतामा शाह सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा वालेन्द्र शाह वरिष्ठ नेतामा सर्वसम्मत भएका छन् । शाहलाई मनोनीत गरेका सभापति रवि लामिछानेले बुधबारको केन्द्रीय समिति बैठकमा पार्टीको विधानको भाग ६ को धारा २२ को उपधारा ११ (ञ) बमोजिम राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको महामन्त्री विपिनकुमार आचार्यले बताएका हुन् ।

गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारीको मनोनयन दाखिलाका बेला काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर संसदीय राजनीतिमा आएको घोषणा गरेका शाहलाई  रास्वपामा लामिछानेले वरिष्ठ नेता बनाएका थिए । पार्टीको पहिलो महाधिवेशनपछि पुनः चयन गर्नुपर्ने भएकाले लामिछानेले प्रक्रिया पुरा गरेका हुन् । निर्वाचित भएर प्रधानमन्त्री बनेपछि पनि उनका लागि निर्वाचित हुनुपर्ने पदको साटो मनोनीत दर्जा नै सुरक्षित गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्