नेभिगेशन
राजनीति

प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौं । मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त, गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा निर्वाचन आयुक्त नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । 
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा नियुक्ति गरिएको हो । नियुक्ति लगत्तै तीनै जनाले पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरेका छन् । प्रधानन्यायाधीश डा. मनोज शर्माले सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त कार्कीलाई शपथ गराए । आफूले शपथ ग्रहण गरेपछि कार्कीले वाग्ले र सुब्बालाई शपथग्रहण गराएका हुन् । संसदीय सुनुवाइ समितिले बुधबार प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्