नेभिगेशन
अर्थतन्त्र

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । स्मार्ट सेल (स्मार्ट टेलिकम) को सम्पत्ति व्यवस्थापनमा करोडौँ रुपैयाँ अनियमितता गरेको अभियोगमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको हो। अनुमतिपत्र खारेज भएपछि सरकारी नियन्त्रणमा आउनुपर्ने स्मार्ट सेलको अर्बौँ मूल्यको भौतिक पूर्वाधार र नेटवर्कलाई नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र एनसेल आजियाटा लिमिटेडमार्फत् एनसेललाई सस्तोमा लिलामी गराउन नीतिगत मिलेमतो गरेको भण्डारीमाथि आरोप छ। तत्कालीन सञ्चारमन्त्री रेखा शर्माको पालामा प्राधिकरणको नेतृत्व सम्हालेका भण्डारीको यो कदमले राज्य कोषमा गम्भीर क्षति पुगेको सीआईबीको निष्कर्ष छ । यसबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्