नेभिगेशन
अर्थतन्त्र

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरु

काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
नेपालमा आयातित वस्तुहरू आयातकर्ता, थोक विक्रेता र वितरकजस्ता बहु–तहका आपूर्ति शृंखलामार्फत उपभोक्तासम्म पुग्ने गरेका छन् । यस प्रक्रियामा वस्तुको मूल्य तथा आपूर्तिमा अनिश्चितता रहने गरेको छ । चाइनाबजारले उपभोक्तालाई सहज तथा सुलभरुपमा सेवा दिने चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत स्तुती श्रेष्ठले बताइन् ।
श्रेष्ठका अनुसार चाइनाबजारले चीनका उत्पादकबाट आफैं वस्तु छनोट गरी प्रत्यक्ष खरिद गर्छ, आफ्नै ढुवानी सञ्जालमार्फत नेपाल भिœयाउँछ, कम्पनीकै गोदाममा भण्डारण गर्छ र आफ्नै वितरण प्रणालीमार्फत ग्राहकसम्म पु¥याउँछ ।
यसरी स्रोत व्यवस्थापनदेखि आयात, भण्डारण र वितरणसम्मको सम्पूर्ण प्रक्रिया एउटै व्यवस्थापनअन्तर्गत सञ्चालन हुने भएकाले डेलिभरी समय छोटो हुने तथा मूल्य पारदर्शी र प्रतिस्पर्धी हुने पनि उनको भनाइ छ ।
‘एन्जोय योर संपिग’ नारासहित सञ्चालनमा आएको चाइनाबजारले प्रारम्भिक चरणमा विद्युतीय सामग्री, फेसन, जीवनशैलीसम्बन्धी सामग्री तथा स्वास्थ्य एवं सौन्दर्य सामग्री उपलब्ध गराउने जनाएको छ । आगामी दिनमा उत्पादनको दायरा क्रमशः विस्तार गरिने श्रेष्ठले बताइन् ।
नेपालको डिजिटल अर्थतन्त्र निरन्तर विस्तार भइरहेको समयमा चाइनाबजारले सजिलै ग्राहकको मन जित्ने श्रेष्ठको दाबी छ । ‘यसका साथै, चाइनाबजारले आगामी दिनमा उत्पादनको विविधता बढाउँदै देशभर आफ्नो अफलाइन रिटेल एक्सपेरियन्स स्टोरको सञ्जाल पनि विस्तार गर्नेछ,’ उनले भनिन् ।
चीनका उत्पादक र नेपाली उपभोक्ताबीच प्रत्यक्ष व्यापारिक पहुँच स्थापित गर्ने उद्देश्य राखेको चाइनाबजारको पहिलो एक्सपेरियन्स स्टोर पनि गुण कम्प्लेक्समा बुधबारबाट सञ्चालनमा आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्