नेभिगेशन
अर्थतन्त्र

आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नेपाल लाइफ विजनेश एक्सिलेन्स अवार्ड नाइट सम्पन्न भएको छ । 
कम्पनीमा आवद्ध अभिकर्ताहरुको उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सबै अभिकर्तालाई प्रेरित गर्न सो कार्यक्रम गरिएको हो ।  आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना नियमित रुपमा गर्दै आएको जनाएको छ । कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सक्रिय  उपस्थिति थियो । 

अवार्ड वितरण कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरु, कम्पनीको उच्च व्यवस्थापन र अन्य सदस्यहरुको उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्