नेभिगेशन
अर्थतन्त्र

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छिन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्षसमेत रहेकी चौधरीले कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग छलफलमा क्रममा कार्यदल गठन गर्ने निर्णय गरेकी हुन् 
छलफलमा नेपालमा चिया तथा कफी क्षेत्रको उत्पादन, प्रशोधन, बजारीकरण तथा समग्र प्रवर्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा छलफल भएको छ । 
मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी तथा किसानमैत्री बनाउने दिशामा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु पर्ने धारणा राखिन् । चिया तथा कफी क्षेत्रको आगामी कार्यदिशा तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनर्संरचनाको मोडालिटीलाई अन्तिम रूप दिई २ हप्ताभित्र प्रतिवेदन पेश गर्न मन्त्री चौधरीले निर्देशन दिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्