नेपालको बैंक तथा वित्तीय क्षेत्रले पछिल्ला दुई दशकमा उल्लेखनीय रूपान्तरणको अनुभव गरेको छ । बैंकिङ सेवाको विस्तार, डिजिटल वित्तीय प्रणालीको विकास, वित्तीय समावेशीकरण र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सेवा प्रवाहले नेपालको बैंकिङ उद्योगलाई नयाँ उचाइमा पु¥याएको छ । यही परिवर्तनको नेतृत्वदायी संस्थामध्ये ग्लोबल आइएमई बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । आधुनिक बैंकिङ प्रविधि, ग्राहकमैत्री सेवा, सुदृढ सुशासन, वित्तीय नवप्रवर्तन तथा सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कृतिका रूपमा आत्मसाथ गर्दै बैंकले नेपाली बैंकिङ क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको छ ।
सन् २००७ मा ग्लोबल बैंक लिमिटेडका रूपमा स्थापना भएको यस संस्थाले छोटो अवधिमै उच्च व्यावसायिक क्षमता, पारदर्शी व्यवस्थापन तथा दीर्घकालीन रणनीतिक दृष्टिकोणका आधारमा उल्लेखनीय सफलता हासिल गरेको छ । सन् २०१२ मा आइएमई फाइनान्सियल इन्स्टिच्युसनसँगको सफल मर्जरपछि बैंकले ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ परिचय प्राप्त गरेको हो । त्यसयता विभिन्न वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूसँगको मर्जर र प्राप्तिमार्फत बैंकले आफ्नो वित्तीय आधार, व्यवसायिक क्षमता, सेवा सञ्जाल तथा ग्राहक पहुँचलाई उल्लेखनीय रूपमा विस्तार गर्दै आएको छ । आज ग्लोबल आइएमई बैंक नेपालमा मर्जर संस्कृतिलाई सफलतापूर्वक संस्थागत गर्ने अग्रणी बैंकका रूपमा परिचित छ ।
नेपालको प्रत्येक नागरिकलाई आधुनिक बैंकिङ सेवाको पहुँच उपलब्ध गराउने उद्देश्यलाई आत्मसाथ गर्दै बैंकले आज देशका ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ । निजी क्षेत्रबाट सम्पूर्ण ७७ जिल्लामा बैंकिङ सेवा पु¥याउने पहिलो वाणिज्य बैंकका रूपमा स्थापित ग्लोबल आइएमई बैंकले हाल ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालयसहित १ हजार भन्दा बढी सेवा केन्द्रमार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । हिमाली दुर्गम बस्तीदेखि तराईका व्यापारिक केन्द्रसम्म बैंकको उपस्थिति वित्तीय समावेशीकरणप्रतिको प्रतिबद्धताको सशक्त उदाहरण बनेको छ । बैंकको सबैका लागि बैंक (द बैंक फर अल) नारा केवल नारामा सीमित छैन; यो बैंकको सेवा दर्शन हो । ग्राहकको आवश्यकता, विश्वास र दीर्घकालीन सम्बन्धलाई केन्द्रमा राखेर बैंकले व्यक्तिगत, संस्थागत, औद्योगिक तथा सरकारी निकायलाई लक्षित व्यापक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । बचत तथा मुद्दती निक्षेप, चालु खाता, गृह कर्जा, सवारी कर्जा, शैक्षिक कर्जा, कृषि तथा एसएमई वित्त, परियोजना वित्त, व्यापार वित्त, विदेशी मुद्रा कारोबार, बैंक ग्यारेन्टी, लेटर अफ क्रेडिट, ट्रेजरी सेवा, रेमिट्यान्स तथा लगानी व्यवस्थापनजस्ता सेवाले बैंकलाई समग्र वित्तीय समाधान प्रदायक संस्थाका रूपमा स्थापित गरेको छ । उत्कृष्ट वित्तीय कार्यसम्पादन, डिजिटल नवप्रवर्तन, ग्राहक सेवा, दिगोपन (इएसजी) तथा सामाजिक उत्तरदायित्वका आधारमा बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिष्ठित सम्मान प्राप्त गरेको छ । बैंकले ‘युरोमनी अवार्डस् फर एक्सिलेन्स’ अन्तर्गत सन् २०२२, सन् २०२४ र सन् २०२५ मा ‘वेष्ट बैंक इन नेपाल’ सम्मान प्राप्त गर्न सफल भएको छ । त्यसैगरी, ‘ग्लोबल फाइनान्स म्यागेजिन’ ले पनि सन् २०२४ र सन् २०२५ मा ग्लोबल आइएमई बैंकलाई नेपालको उत्कृष्ट बैंक (वेष्ट बैंक) घोषणा गरेको छ । बैंकले प्राप्त गरेका यी सम्मानहरूले ग्लोबल आइएमयीको वित्तीय सुदृढता, नवप्रवर्तन, ग्राहक केन्द्रित सेवा तथा अन्तर्राष्ट्रिय विश्वसनीयतालाई प्रमाणित गरेका छन् ।
सबैका लागि उत्कृष्ट बैंकिङ सेवा
ग्राहकको आवश्यकता, जीवनशैली र आर्थिक लक्ष्यलाई केन्द्रमा राख्दै ग्लोबल आइएमई बैंकले सबै वर्ग र समुदायका लागि आधुनिक, सुरक्षित तथा ग्राहकमैत्री बैंकिङ सेवा विकास गरेको छ । व्यक्तिगत बचतदेखि व्यवसायिक कारोबार, रेमिट्यान्सदेखि डिजिटल बैंकिङ तथा विद्यार्थीदेखि महिला उद्यमीसम्मका लागि लक्षित विशेष वित्तीय समाधानमार्फत बैंकले समावेशी बैंकिङको अवधारणालाई व्यवहारमा उतारेको छ । देशभर फैलिएको शाखा सञ्जाल, अत्याधुनिक डिजिटल प्रविधि र ग्राहक–केन्द्रित सेवामार्फत बैंकले प्रत्येक नेपालीलाई गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
व्यक्तिगत बचतका लागि भरपर्दो वित्तीय समाधान
आर्थिक सुरक्षा र भविष्यको समृद्धिको आधार बचत हो भन्ने विश्वासका साथ ग्लोबल आइएमई बैंकले व्यक्तिगत बचतकर्ताका लागि विभिन्न प्रकारका बचत खाता सञ्चालन गरेको छ । ग्राहकको आय, आवश्यकता र जीवनशैलीअनुसार तयार गरिएका बचत योजनाले सुरक्षित निक्षेप, आकर्षक प्रतिफल तथा आधुनिक बैंकिङ सेवाको सहज पहुँच प्रदान गर्छन् । दैनिक आर्थिक कारोबारलाई व्यवस्थित बनाउँदै दीर्घकालीन वित्तीय लक्ष्य हासिल गर्न बैंकका बचत सेवाले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।
महिला सशक्तीकरणमा वित्तीय सहयात्री
महिलाको आर्थिक सहभागिता र आत्मनिर्भरता समृद्ध समाज निर्माणको महत्वपूर्ण आधार हो भन्ने मान्यताका साथ ग्लोबल आइएमई बैंकले महिलाका लागि विशेष बैंकिङ सेवा सञ्चालन गरेको छ । महिला उद्यमी, पेशाकर्मी तथा स्वरोजगारमा संलग्न महिलालाई लक्षित गरी तयार गरिएका वित्तीय समाधानले बचत, लगानी, व्यवसाय विस्तार तथा आर्थिक सशक्तीकरणमा सहयोग पु¥याइरहेका छन्। महिलालाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यले बैंकले सहज बैंकिङ सेवा, परामर्श तथा आवश्यक वित्तीय पहुँच उपलब्ध गराउँदै आएको छ ।
रेमिट्यान्स सेवामार्फत विश्वभरका नेपालीसँग जोडिएको बैंक
विदेशमा रहेका लाखौँ नेपालीको मेहनतको कमाइ सुरक्षित र छिटो रूपमा आफ्ना परिवारसम्म पु¥याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रियस्तरको रेमिट्यान्स सेवा सञ्चालन गरेको छ। विश्वका विभिन्न देशमा रहेका साझेदार संस्थासँगको सहकार्यमा बैंकले सुरक्षित, भरपर्दो र सहज रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ । प्राप्त रकमलाई बैंक खातामार्फत बचत, लगानी वा अन्य बैंकिङ सेवासँग जोड्न सकिने भएकाले यो सेवा अझ प्रभावकारी बनेको छ ।
विद्यार्थीका लागि वित्तीय यात्राको पहिलो पाइला
भविष्यका जिम्मेवार नागरिकलाई प्रारम्भिक अवस्थादेखि नै औपचारिक बैंकिङ प्रणालीसँग जोड्ने उद्देश्यले ग्लोबल आइएमई बैंकले विद्यार्थीमैत्री बैंकिङ सेवा सञ्चालन गरेको छ। सरल प्रक्रिया, न्यूनतम औपचारिकता र डिजिटल सुविधासहितको बैंकिङ सेवाले विद्यार्थीमा बचत गर्ने बानीको विकास गर्नुका साथै वित्तीय अनुशासन र आर्थिक व्यवस्थापनसम्बन्धी चेतना अभिवृद्धि गर्न सहयोग पु¥याउँछ।
जहिले पनि, जहाँबाट पनि स्मार्ट बैंकिङ
‘बैंक एनीटाइम, एनीवेयर’ भन्ने अवधारणालाई व्यवहारमा उतार्दै ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल बैंकिङ एपमार्फत ग्राहकलाई आधुनिक डिजिटल बैंकिङ अनुभव प्रदान गरिरहेको छ । यस एपमार्फत ग्राहकले जुनसुकै समय र जहाँबाट पनि खाताको विवरण हेर्न, रकम स्थानान्तरण गर्न, बिल भुक्तानी गर्न, मोबाइल रिचार्ज गर्न, क्यूआरमार्फत भुक्तानी गर्न तथा अन्य विभिन्न बैंकिङ सेवा सहज रूपमा उपयोग गर्न सक्छन् । अत्याधुनिक सुरक्षा प्रणालीमा आधारित यस डिजिटल प्लेटफर्मले बैंकिङलाई थप छरितो, सुरक्षित र ग्राहकमैत्री बनाएको छ । यसरी ग्लोबल आइएमई बैंकले ‘सबैका लागि उत्कृष्ट बैंकिङ सेवा’ भन्ने आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतार्दै व्यक्तिगत बचतकर्ता, महिला, विद्यार्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा डिजिटल बैंकिङ प्रयोगकर्तासम्म सबैका लागि सरल, सुरक्षित र विश्वसनीय वित्तीय समाधान उपलब्ध गराउँदै आएको छ । ग्राहकको आवश्यकता नै सेवाको केन्द्रबिन्दु हो भन्ने मान्यतालाई आत्मसात् गर्दै बैंकले आधुनिक प्रविधि, गुणस्तरीय सेवा र नवप्रवर्तनका माध्यमबाट नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइतर्फ अघि बढाइरहेको छ ।
व्यवसायको आकारअनुसार वित्तीय समाधान
नेपालको निजी क्षेत्रको विकास, उद्यमशीलताको प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्रको विस्तारमा वित्तीय पहुँचको महत्त्वपूर्ण भूमिका हुन्छ । यही आवश्यकतालाई आत्मसाथ गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडले साना व्यवसायदेखि ठूला उद्योग, कृषि उद्यमदेखि राष्ट्रिय गौरवका पूर्वाधार आयोजना तथा स्टार्टअपदेखि स्थापित कर्पोरेट संस्थासम्मका लागि आवश्यकताअनुसार विविध वित्तीय समाधान उपलब्ध गराउँदै आएको छ । सरल प्रक्रिया, प्रतिस्पर्धी ब्याजदर, छिटो कर्जा स्वीकृति तथा व्यवसाय–केन्द्रित परामर्श सेवाले बैंकलाई निजी क्षेत्रको विश्वसनीय वित्तीय साझेदारका रूपमा स्थापित गरेको छ । साना तथा मझौला उद्यमलाई लक्षित गर्दै बैंकले ग्लोबल व्यवसाय सेवा कर्जा सञ्चालन गरेको छ । अधिकतम २ करोड रुपैयाँसम्म उपलब्ध हुने यो कर्जा १० वर्षसम्मका लागि प्रदान गरिन्छ । व्यवसाय स्थापना, विस्तार, उपकरण खरिद, कार्यशील पुँजी व्यवस्थापन तथा उत्पादन क्षमता वृद्धि गर्न यो योजना प्रभावकारी मानिन्छ । वार्षिक कारोबार ३० लाख रुपैयाँभन्दा बढी भएका वा १५ लाख रुपैयाँभन्दा माथिको कर्जा आवश्यक पर्ने व्यवसायका लागि ग्लोबल आइएमई एसएमई कर्जा उपलब्ध छ । अधिकतम १० करोड रुपैयाँसम्मको यस योजनामा छिटो स्वीकृति प्रक्रिया अपनाइएको छ र देशभरका शाखाबाट सेवा लिन सकिन्छ । उत्पादन, व्यापार तथा सेवा क्षेत्रका उद्यमीका लागि यो प्रभावकारी वित्तीय विकल्प बनेको छ । उद्योग तथा व्यवसाय सञ्चालनका लागि आवश्यक सवारीसाधन, मेसिनरी वा उपकरण खरिद गर्न ग्लोबल हायर पर्चेज कर्जा उपलब्ध छ । प्रतिस्पर्धी ब्याजदर, लचिलो किस्ता प्रणाली र सहज स्वीकृतिका कारण यसले व्यवसायको आधुनिकीकरण र विस्तारमा सहयोग पु¥याइरहेको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै बैंकले ग्लोबल आइएमई कृषि कर्जा सञ्चालन गरेको छ । व्यावसायिक खेती, पशुपालन, कृषि उद्योग तथा कृषि–आधारित उद्यमका लागि पाँच लाखदेखि एक करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराइन्छ । न्यून कागजी प्रक्रिया, सहज सेवा र प्रतिस्पर्धी ब्याजदरका कारण यो योजना कृषि उद्यमीमाझ लोकप्रिय बन्दै गएको छ । ठूला पूर्वाधार तथा राष्ट्रिय महत्त्वका परियोजनाका लागि बैंकले पूर्वाधार, परियोजना तथा कन्सोर्टियम कर्जा सेवा सञ्चालन गर्दै आएको छ । जलविद्युत, सडक, होटल, ऊर्जा, स्वास्थ्य, शिक्षा तथा उत्पादनमूलक उद्योगलगायतका क्षेत्रमा आवश्यकता अनुसार लगानी गर्नुका साथै अन्य बैंकसँगको सहकार्यमा संयुक्त (कन्सोर्टियम) वित्तीय व्यवस्था पनि गर्दै आएको छ । वार्षिक कारोबार ३० लाख रुपैयाँसम्म भएका वा २० लाख रुपैयाँसम्मको कर्जा आवश्यक पर्ने साना व्यवसायका लागि ग्लोबल आइएमई स्मल बिजनेस लोन उपलब्ध छ । प्रतिस्पर्धी ब्याजदर, न्यून सेवा शुल्क तथा विशेषज्ञ परामर्शका कारण यो योजना नयाँ उद्यमीका लागि उपयोगी मानिन्छ । कर्जा सेवासँगै बैंकले व्यवसाय सञ्चालनलाई सहज बनाउने आधुनिक डिजिटल बैंकिङ समाधान पनि विस्तार गरेको छ । बिजनेस इन्टरनेट बैंकिङ मार्फत संस्थागत तथा व्यवसायिक ग्राहकले भुक्तानी, रकम स्थानान्तरण, खाताको व्यवस्थापनलगायत बैंकिङ कारोबार सुरक्षित रूपमा अनलाइनबाट सञ्चालन गर्न सक्छन् । त्यसैगरी, व्यवसायिक प्रतिष्ठानका लागि पीओएस मेसिन तथा अन्य डिजिटल भुक्तानी समाधान उपलब्ध गराउँदै नगदरहित, सुरक्षित र छरितो कारोबारलाई प्रोत्साहन गरिरहेको छ । व्यवसायको प्रकृति र आकारअनुसार तयार गरिएका यी वित्तीय तथा डिजिटल सेवामार्फत ग्लोबल आइएमई बैंकले उत्पादन, लगानी, रोजगारी सिर्जना र निजी क्षेत्रको दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
डिजिटल कारोबारको विस्तार
बदलिँदो व्यावसायिक परिवेश, तीव्र गतिमा विस्तार भइरहेको डिजिटल अर्थतन्त्र तथा ग्राहकको परिवर्तनशील आवश्यकतालाई ध्यानमा राख्दै ग्लोबल आइएमई बैंक लिमिटेडले व्यवसायिक ग्राहकका लागि आधुनिक, सुरक्षित र प्रविधिमैत्री बैंकिङ समाधान विकास गरेको छ । कर्पोरेट बैंकिङदेखि डिजिटल भुक्तानी, अन्तरबैंक रकम स्थानान्तरण तथा व्यापारिक प्रतिष्ठानका लागि अत्याधुनिक भुक्तानी उपकरणसम्मका सेवामार्फत बैंकले व्यवसायलाई थप व्यवस्थित, प्रभावकारी र प्रतिस्पर्धी बनाउन सहयोग पु¥याइरहेको छ । ठूला उद्योग, व्यापारिक समूह तथा कर्पोरेट संस्थालाई लक्षित गर्दै बैंकले कर्पोरेट बैंकिङ सेवा सञ्चालन गरेको छ । यसअन्तर्गत व्यवसाय सञ्चालन, विस्तार तथा दीर्घकालीन लगानीका लागि विविध कर्जा सुविधा उपलब्ध गराइनुका साथै आयात–निर्यात र अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउन ट्रेड फाइनान्स सेवा पनि प्रदान गरिन्छ । प्रत्येक कर्पोरेट ग्राहकलाई अनुभवी रिलेसनसिप म्यानेजरमार्फत आवश्यकताअनुसार वित्तीय परामर्श, व्यवसाय विश्लेषण तथा उपयुक्त बैंकिङ समाधान उपलब्ध गराइन्छ । डिजिटल बैंकिङलाई अझ सहज र प्रभावकारी बनाउन बैंकले कनेक्ट आईपीएस सेवा उपलब्ध गराएको छ । यसमार्फत ग्राहकले विभिन्न बैंकका खाताहरू एउटै प्लेटफर्ममा आबद्ध गरी सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न तथा विद्युतीय भुक्तानी गर्न सक्छन्। व्यक्तिगत तथा संस्थागत दुवै ग्राहकका लागि उपयोगी यस सेवाले डिजिटल बैंकिङलाई थप सरल र विश्वसनीय बनाएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सुरक्षित डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्न बैंकले ‘भिसा स्क्यान टु पे’ सेवा सञ्चालन गरेको छ । मोबाइलबाट क्यूआर कोड स्क्यान गरी डेबिट वा क्रेडिट कार्डमार्फत तत्काल भुक्तानी गर्न सकिने यस सेवाले नगद कारोबारको आवश्यकता घटाउनुका साथै छिटो र सुरक्षित भुक्तानी सुनिश्चित गरेको छ । त्यसैगरी, व्यापारिक प्रतिष्ठानका लागि क्यूआर कोड भुक्तानी सेवा र प्वाइन्ट अफ सेल डिभाइस उपलब्ध गराइएको छ । ग्राहकले मोबाइल बैंकिङ वा कार्डमार्फत सहज रूपमा भुक्तानी गर्न सक्ने, प्रत्येक कारोबारको अभिलेख स्वचालित रूपमा सुरक्षित हुने तथा नगद व्यवस्थापनको झन्झट कम हुने भएकाले यी सेवाले व्यवसाय सञ्चालनलाई थप प्रभावकारी बनाएका छन् । बैंकले उपकरण जडानदेखि प्राविधिक सहयोग र मर्मत–सम्भारसम्मको सेवा उपलब्ध गराउँदै आएको छ । प्रविधिमैत्री सोच, सुरक्षित डिजिटल पूर्वाधार र ग्राहक–केन्द्रित सेवामार्फत ग्लोबल आइएमई बैंकले आधुनिक बैंकिङलाई अझ सरल, सुरक्षित र विश्वसनीय बनाउँदै आएको छ । कर्पोरेट बैंकिङदेखि डिजिटल भुक्तानीसम्मका यी सेवाले व्यवसायिक वातावरणलाई थप गतिशील बनाउनुका साथै नगदरहित अर्थतन्त्र, वित्तीय समावेशीकरण र डिजिटल नेपालको अभियानलाई समेत सशक्त टेवा पु¥याइरहेका छन ।
सरल, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा
वैदेशिक रोजगारी, अध्ययन, व्यवसाय वा अन्य प्रयोजनका लागि विदेशमा रहेका नेपाली नागरिक र उनीहरूका परिवारबीचको आर्थिक सम्बन्धलाई अझ सहज, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले ग्लोबल आइएमई बैंक लिमिटेडले आधुनिक रेमिट्यान्स सेवा सञ्चालन गर्दै आएको छ । ‘ग्लोबल रेमिट’ मार्फत विदेशबाट नेपालमा छिटो, सुरक्षित र सहज रूपमा रकम पठाउने तथा प्राप्त गर्ने सुविधा उपलब्ध गराइएको छ । विश्वका विभिन्न देशमा स्थापित रेमिट्यान्स साझेदार संस्थासँगको सहकार्यमा सञ्चालन भइरहेको यस सेवाले विदेशमा रहेका नेपालीलाई आफ्ना परिवार वा आफन्तसम्म रकम सरल प्रक्रियामार्फत पठाउने सुविधा प्रदान गर्दछ । रकम पठाउने प्रक्रियालाई सहज, भरपर्दो र समयमै सम्पन्न हुने बनाइएकाले ग्राहकले न्यून झन्झटमा सुरक्षित रूपमा आर्थिक कारोबार गर्न सक्छन् । नेपालमा प्राप्तकर्ता ग्राहकले बैंकका शाखा, बैंक खातामार्फत वा उपलब्ध सेवा च्यानलमार्फत सहज रूपमा रकम प्राप्त गर्न सक्छन् । यस सेवाले वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीको मेहनतको कमाइलाई सुरक्षित रूपमा परिवारसम्म पु¥याउनुका साथै शिक्षा, स्वास्थ्य, घरपरिवारको दैनिकी, व्यवसाय तथा लगानीका लागि आवश्यक वित्तीय स्रोतलाई समयमै उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । प्रविधिमा आधारित आधुनिक प्रणाली, अन्तर्राष्ट्रियस्तरको सुरक्षा मापदण्ड तथा विश्वव्यापी रेमिट्यान्स साझेदारीका कारण ग्लोबल रेमिट आज नेपालमा रकम पठाउने विश्वसनीय माध्यमका रूपमा स्थापित भएको छ ।
दिगो बैंकिङमार्फत समृद्ध भविष्य निर्माणमा ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ व्यवसायलाई केवल वित्तीय कारोबारको माध्यमका रूपमा मात्र नहेरी समाज, अर्थतन्त्र र वातावरणबीच सन्तुलित विकासको आधारका रूपमा आत्मसाथ गरेको छ । जिम्मेवार बैंकिङको अवधारणालाई आफ्नो संस्थागत दर्शनका रूपमा अंगीकार गर्दै बैंकले दिगो बैंकिङको अभ्यासलाई रणनीतिक प्राथमिकतामा राखेको छ । आर्थिक समृद्धिसँगै वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र सुशासनलाई समान महत्त्व दिँदै बैंकले दीर्घकालीन मूल्य सिर्जना गर्ने लक्ष्यका साथ आफ्नो सम्पूर्ण बैंकिङ गतिविधि सञ्चालन गर्दै आएको छ । दिगोपनप्रतिको बैंकको दृष्टिकोण तीन प्रमुख आधारस्तम्भ—वातावरणीय उत्तरदायित्व, सामाजिक प्रभाव र सुशासनमा उत्कृष्टतामा आधारित छ । यी तीनै सिद्धान्त बैंकका नीति, रणनीति, लगानी निर्णय तथा दैनिक सञ्चालन प्रक्रियामा अभिन्न रूपमा समावेश गरिएका छन् । यसका माध्यमबाट बैंकले आर्थिक विकासलाई गति दिनुका साथै प्राकृतिक स्रोतको संरक्षण, सामाजिक समावेशीकरण तथा संस्थागत पारदर्शितालाई समान प्राथमिकता दिएको छ । वातावरणीय उत्तरदायित्व अन्तर्गत बैंकले आफ्ना कार्यालय तथा बैंकिङ सञ्चालनमा ऊर्जा–दक्ष प्रविधिको प्रयोग, स्रोत–साधनको जिम्मेवार उपयोग, कागज तथा प्लास्टिकको प्रयोग न्यूनीकरण, फोहोर व्यवस्थापन तथा वातावरणमैत्री कार्यसंस्कृतिलाई प्राथमिकता दिएको छ । बैंकका विभिन्न शाखा तथा एक्सटेन्सन काउन्टरमा सौर्य ऊर्जा प्रणाली जडान, ऊर्जा बचत गर्ने प्रकाश प्रणाली, हरित कार्यस्थल, डिजिटल समाधान तथा ‘ग्रीन आईटी’ अभ्यासलाई प्रवद्र्धन गर्दै वातावरणमैत्री बैंकिङ संस्कृतिको विकास गरिएको छ । दिगो खरिद नीति अपनाएर वातावरणीय प्रभाव कम गर्ने प्रयासलाई पनि बैंकले निरन्तरता दिएको छ । ग्लोबल आइएमई बैंकले वातावरण संरक्षणमा प्रत्यक्ष योगदान पु¥याउने व्यवसाय तथा परियोजनामा वित्तीय लगानीलाई विशेष प्राथमिकता दिएको छ । नवीकरणीय ऊर्जा, जलविद्युत, ऊर्जा दक्ष प्रविधि, वातावरणमैत्री पूर्वाधार, प्रदूषण नियन्त्रण, प्राकृतिक स्रोत संरक्षण तथा परिपत्र अर्थतन्त्र प्रवद्र्धन गर्ने परियोजनामा बैंकले सक्रिय रूपमा वित्तीय सहयोग गर्दै आएको छ । जलवायु परिवर्तनका असर न्यूनीकरण, हरितगृह ग्यास उत्सर्जनमा कमी तथा न्यून–कार्बन प्रविधिको विकासमा योगदान गर्ने परियोजनालाई प्राथमिकतामा राख्नु बैंकको दिगो बैंकिङ नीतिको महत्त्वपूर्ण पक्ष हो । नेपाल जलविद्युतको अपार सम्भावना भएको मुलुक भएकाले ग्लोबल आइएमई बैंकले जलविद्युत तथा स्वच्छ ऊर्जा क्षेत्रमा विशेष जोड दिएको छ । हिमालबाट बग्ने नदीहरूको विशाल सम्भावना उपयोग गर्दै जलविद्युत उत्पादन विस्तार गर्न बैंकले विभिन्न आयोजना तथा लगानीकर्तासँग सहकार्य गरिरहेको छ । यसबाट देशको ऊर्जा आत्मनिर्भरता, औद्योगिक विकास तथा हरित अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ । सामाजिक उत्तरदायित्वलाई पनि बैंकले आफ्नो दिगोपन रणनीतिको अभिन्न अंग बनाएको छ । वित्तीय समावेशीकरण, महिला सशक्तीकरण, उद्यमशीलता विकास, शिक्षा, स्वास्थ्य, ग्रामीण समुदायको आर्थिक सुदृढीकरण तथा सामाजिक रूपान्तरणका विभिन्न कार्यक्रममार्फत बैंकले समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै आएको छ ।
भावी योजना
ग्लोबल आइएमई बैंकले आगामी दिनमा डिजिटल रूपान्तरणलाई थप तीव्रता दिने, हरित तथा दिगो वित्तीय लगानी विस्तार गर्ने, वित्तीय समावेशीकरणलाई अझ प्रभावकारी बनाउने तथा ग्राहकलाई विश्वस्तरीय बैंकिङ अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । प्रविधि, नवप्रवर्तन, सुशासन र ग्राहक सन्तुष्टिलाई संस्थागत संस्कृतिका रूपमा स्थापित गर्दै बैंकले नेपालको आर्थिक समृद्धिको यात्रामा विश्वासिलो वित्तीय साझेदारका रूपमा आफ्नो भूमिका अझ सशक्त बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ । देशको आर्थिक विकास, डिजिटल वित्तीय रूपान्तरण, उत्पादनशील लगानी, वित्तीय पहुँच विस्तार तथा सामाजिक उत्तरदायित्वका विविध आयाममा सक्रिय सहभागितामार्फत बैंकले भविष्यको समुन्नत, समावेशी र दिगो नेपालको निर्माणमा आफ्नो योगदानलाई अझ प्रभावकारी बनाउँदै अघि बढिरहेको छ ।