नेपाल राष्ट्र बैंकबाट २०६५ साल (मे, २००८) मा ‘क’ वर्गको वाणिज्य बैंकका रूपमा सञ्चालन अनुमति प्राप्त गरेको बैंक हो एनएमबी बैंक लिमिटेड । यो बैंकले बैंकिङ क्षेत्रमा लामो अनुभव सहित आज देशकै अग्रणी बैंकको परिचय स्थापित गरेको छ । बैंकले समयको परिवर्तनसँगै आफ्नो सेवा, प्रविधि र व्यवस्थापन प्रणालीलाई निरन्तर परिष्कृत गर्दै ग्राहकको विश्वास जित्न सफल भएको छ । वित्तीय स्थायित्व, उत्तरदायी बैंकिङ, नवप्रवर्तन, दिगोपन र उत्कृष्ट ग्राहक सेवाको आधारमा एनएमबी बैंकले नेपाली बैंकिङ उद्योगमा विशिष्ट पहिचान बनाएको छ ।
सन् २०१६ एनएमबी बैंकको संस्थागत विकास यात्रामा महत्त्वपूर्ण मोड बन्यो । यो वर्ष बैंकले युरोपेली देश नेदरल्यान्ड्सको विकास बैंक नेदरल्यान्डसे फिनान्सियरिङ्स–माट्सखाप्पिज फोर ओन्टविक्केलिङ्सलान्डेन (एफएमओ) सँग संयुक्त लगानी सम्झौता सम्पन्न भएपछि एफएमओ बैंकको सबैभन्दा ठूलो एकल सेयरधनी बनेको थियो । एनएमबीको हाल एफएमओको बैंकमा १३.६९ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस रणनीतिक साझेदारीले एनएमबी बैंकलाई वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनमा अग्रणी वित्तीय संस्था बन्ने आधार प्रदान गरेको छ । साथै, नवीकरणीय ऊर्जा, कृषि व्यवसाय तथा दिगो विकासमुखी लगानी विस्तारमा समेत बैंकले उल्लेखनीय सफलता हासिल गरेको छ । दिगो बैंकिङलाई आफ्नो संस्थागत दर्शनका रूपमा आत्मसाथ गरेको एनएमबी बैंकले वातावरण संरक्षण, स्वच्छ ऊर्जा, कृषि विकास, सामाजिक उत्तरदायित्व तथा समावेशी आर्थिक विकासलाई प्राथमिकतामा राख्दै लगानी विस्तार गरिरहेको छ । यही सोचले बैंकलाई केवल नाफामुखी वित्तीय संस्थाको सीमाभन्दा माथि उठाएर दिगो विकासको विश्वसनीय साझेदारका रूपमा स्थापित गरेको छ ।
एनएमबी बैंकले आफ्नो उत्कृष्ट कार्यसम्पादनका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित सम्मान प्राप्त गर्दै आएको छ । बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा लगातार ‘बैंक अफ द इयर’ सम्मान प्राप्त गरेको थियो । अझ गौरवको विषय त के हो भने, सन् २०२१ मा बेलायतको फाइनान्सियल टाइम्स समूहअन्तर्गत प्रकाशित प्रतिष्ठित पत्रिका द बैंकरले एनएमबी बैंकलाई ‘बैंक अफ द इयर–एसिया २०२१’ को उपाधि प्रदान गरेको थियो । यो सम्मान प्राप्त गर्ने एनएमबी बैंक नेपालकै पहिलो बैंक बनेको थियो । यस उपलब्धिले नेपाली बैंकिङ क्षेत्रको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ उचाइमा पु¥याएको छ ।
एनएमबी बैंकको संस्थागत यात्रालाई यसको स्पष्ट दृष्टिकोण, उद्देश्य र मूल्यमान्यताले मार्गदर्शन गर्दै आएको छ । बैंकको दृष्टिकोण भनेको जिम्मेवार बैंकिङमार्फत समुदायको विकास गर्दै सबै सरोकारवालाको पहिलो रोजाइको बैंक बन्नु, ग्राहकलाई आफ्ना वित्तीय लक्ष्य हासिल गर्न सहयोग गर्नु तथा समृद्ध नेपालको निर्माणमा योगदान पु¥याउनु हो । बैंकले आर्थिक कारोबारलाई केवल वित्तीय गतिविधिका रूपमा नहेरी समाज र राष्ट्रको समग्र समृद्धिसँग जोडेर अघि बढाउने लक्ष्य लिएको छ ।
त्यसैगरी, बैंकको ध्येय ग्राहक तथा सेवाग्राहीलाई आर्थिक रूपमा सुरक्षित, सक्षम र आत्मनिर्भर बनाउन सहयोग गर्नु हो । स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गर्दै दिगो सामाजिक–आर्थिक विकासलाई प्रवद्र्धन गर्नु, वातावरणीय तथा सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव सिर्जना गर्नु र जिम्मेवार वित्तीय संस्थाका रूपमा दीर्घकालीन मूल्य सिर्जना गर्नु बैंकको मूल उद्देश्य हो । संस्थागत संस्कृतिलाई अझ बलियो बनाउन एनएमबी बैंकले केही मूल्यमान्यतालाई आफ्नो कार्यशैलीको आधार बनाएको छ । बदलिँदो समयअनुसार नवीन सोच र प्रविधिलाई आत्मसाथ गर्दै निरन्तर नवप्रवर्तन गर्ने, टोलीगत भावनाका साथ उत्कृष्ट परिणाम हासिल गर्ने, प्रत्येक निर्णय र कार्यप्रति उत्तरदायी रहने, दिगो र सन्तुलित विकासका लागि विवेकपूर्ण वित्तीय व्यवस्थापन गर्ने तथा ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न पूर्ण प्रतिबद्ध रहने संस्कृतिले बैंकको संस्थागत पहिचानलाई थप सुदृढ बनाएको छ । एनएमबी बैंकको सफलताको आधार केवल यसको वित्तीय सूचकांक मात्र होइन, ग्राहकसँग निर्माण गरेको विश्वासको सम्बन्ध पनि हो । बैंकले दीर्घकालीन विश्वास, पारदर्शिता र इमान्दारितालाई आफ्नो व्यवसायको मूल आधार मानेको छ । यही कारण लाखौँ ग्राहकले आफ्नो वित्तीय भविष्य सुरक्षित बनाउन एनएमबी बैंकलाई रोजिरहेका छन् । विश्वासबाट सुरु भएको सम्बन्ध नै दीर्घकालीन सफलताको सबैभन्दा ठूलो आधार हुने बैंकको विश्वास छ ।
ग्राहक–केन्द्रित सेवा एनएमबी बैंकको अर्को महत्त्वपूर्ण विशेषता हो । प्रत्येक ग्राहकको आवश्यकता फरक–फरक हुने भएकाले बैंकले व्यक्तिगत तथा संस्थागत ग्राहकका लागि उनीहरूको आवश्यकता अनुरूप वित्तीय समाधान विकास गरेको छ । सहज प्रक्रिया, छिटो सेवा, आधुनिक डिजिटल प्लेटफर्म, उत्तरदायी ग्राहक सहायता तथा व्यक्तिगत परामर्शमार्फत बैंकले बैंकिङ अनुभवलाई सरल, सहज र प्रभावकारी बनाएको छ ।
सुरक्षित र भरपर्दो बैंकिङ सेवा प्रदान गर्नु बैंकको प्राथमिक जिम्मेवारी हो । त्यसका लागि बैंकले अत्याधुनिक सूचना–प्रविधि, अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा प्रणाली तथा कडा आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गर्दै ग्राहकको खाता, वित्तीय कारोबार तथा व्यक्तिगत विवरणको सुरक्षा सुनिश्चित गरेको छ । डिजिटल बैंकिङको बढ्दो प्रयोगसँगै सुरक्षा प्रणालीलाई निरन्तर सुदृढ बनाउँदै बैंकले विश्वसनीय बैंकिङ वातावरण निर्माण गरेको छ । बैंकको अर्को बलियो पक्ष यसको अनुभवी, दक्ष र समर्पित मानव संसाधन हो। अनुभवी व्यवस्थापन टोली तथा व्यावसायिक दक्ष कर्मचारीले ग्राहकलाई आवश्यक परामर्श, उचित वित्तीय समाधान र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएका छन्। कर्मचारीको क्षमता विकास, नेतृत्व निर्माण तथा व्यावसायिक दक्षता अभिवृद्धिमा निरन्तर लगानी गर्नु बैंकको संस्थागत संस्कृतिको महत्वपूर्ण पक्ष बनेको छ । साथै, एनएमबी बैंकले समुदायसँगको सम्बन्धलाई पनि उत्तिकै महत्त्व दिएको छ । स्थानीय समुदाय, उद्यमी, किसान, महिला, युवा तथा सामाजिक संस्थासँग सहकार्य गर्दै बैंकले वित्तीय समावेशीकरण, उद्यमशीलता विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा दिगो आर्थिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। व्यवसायिक सफलतालाई सामाजिक उत्तरदायित्वसँग जोड्ने यही सोचले एनएमबी बैंकलाई केवल एक सफल वाणिज्य बैंक मात्र होइन, नेपालको दिगो विकास यात्राको विश्वसनीय साझेदारका रूपमा स्थापित गरेको छ ।
आज एनएमबी बैंकले देशभर फैलिएको आफ्नो सशक्त सेवा सञ्जालमार्फत २० लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ । देशका विभिन्न भूगोलमा फैलिएका २०१ शाखा, ११ एक्सटेन्सन काउन्टर, १८७ एटीएम, डिजिटल बैंकिङ प्लेटफर्म तथा वैकल्पिक सेवा केन्द्रमार्फत बैंकले वित्तीय पहुँचलाई व्यापक बनाएको छ । हिमालदेखि तराईसम्मका ग्राहकलाई समान गुणस्तरको सेवा उपलब्ध गराउने उद्देश्यका साथ बैंकले शाखा विस्तारसँगै प्रविधिमा पनि निरन्तर लगानी गर्दै आएको छ। यही कारण आज अधिकांश बैंकिङ सेवा ग्राहकले आफ्नो मोबाइल फोन वा कम्प्युटरबाट सहज रूपमा उपयोग गर्न सक्ने अवस्था सिर्जना भएको छ ।
एनएमबी बैंकको परिचय केवल शाखा विस्तार वा कारोबारको आकारले मात्र परिभाषित हुँदैन । यसको सबैभन्दा विशिष्ट पक्ष भनेको दिगो विकासप्रतिको स्पष्ट प्रतिबद्धता हो। विश्वव्यापी रूपमा जलवायु परिवर्तन र वातावरण संरक्षणका विषयले महत्व पाउँदै गएको सन्दर्भमा बैंकले हरित वित्तलाई आफ्नो दीर्घकालीन रणनीतिक प्राथमिकताका रूपमा अघि सारेको छ ।
जलविद्युतमा लगानी गर्ने अग्रणी बैंक
एनएमबी बैंक लिमिटेडले स्वच्छ नवीकरणीइ ऊर्जा प्रवद्र्धन, वातावरण संरक्षण तथा दिगो भविष्य निर्माणलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको छ । वातावरणमैत्री अभ्यास अवलम्बन गर्ने, कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पु¥याउने तथा जलवायु परिवर्तनका असर कम गर्न सहयोग गर्ने जलविद्युत आयोजनामा बैंकले लगानी गर्दै आएको छ । बैंकले अहिलेसम्ममा जलविद्युत आयोजनाहरूमा ३२ अर्ब रुपैयाँ हाराहारीमा लगानी गरेको छ । यो लगानी हाल निर्माणको विभिन्न चरणमा रहेका ५० भन्दा बढी जलविद्युत आयोजनामा परिचालन भएको छ । जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तथा लगानीका क्षेत्रमा बैंकले हासिल गरेको अनुभव र सफलताले यस क्षेत्रप्रतिको बैंकको विशेषज्ञता र प्रतिबद्धतालाई प्रमाणित गरेको छ । यी आयोजनामार्फत नेपाल सरकारको १० वर्षमा विद्युत जडित क्षमता ३० हजार मेगावाट पु¥याउने लक्ष्यलाई सघाउने मात्र नभई, देशमा स्वच्छ ऊर्जा उत्पादन वृद्धि गरी ऊर्जा सुरक्षालाई सुदृढ बनाउन पनि बैंकले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । त्यसैगरी, सन् २०३० सम्म नेपालको कुल ऊर्जा मागको १५ प्रतिशत हिस्सा स्वच्छ ऊर्जाको स्रोतबाट आपूर्ति गर्ने राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनमा पनि एनएमबी बैंकले आफ्नो लगानी तथा वित्तीय सहकार्यलाई सोही लक्ष्यसँग अनुरूप बनाउँदै अघि बढाएको छ ।
संस्थागत तथा व्यावसायिक ग्राहकका लागि विशेष बैंकिङ समाधान
एनएमबी बैंकले व्यक्तिगत बैंकिङ सेवासँगै संस्थागत तथा व्यावसायिक ग्राहकका आवश्यकतालाई केन्द्रमा राखेर विशेष बैंकिङ समाधान विकास गरेको छ । व्यवसायको आकार, कारोबारको प्रकृति र वित्तीय आवश्यकताअनुसार तयार गरिएका यी सेवाले उद्योग, व्यापार, वित्तीय संस्था, सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदार र ठूला परियोजनालाई प्रभावकारी वित्तीय व्यवस्थापनमा सहयोग पु¥याइरहेका छन् । आधुनिक प्रविधि, अनुभवी जनशक्ति र अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासमा आधारित यी सेवाले व्यवसायलाई सुरक्षित, व्यवस्थित र दिगो रूपमा विस्तार गर्न योगदान गरिरहेका छन् । दैनिक कारोबारका लागि उच्च तरलता आवश्यक पर्ने संस्था तथा व्यवसायका लागि बैंकले ‘कल अकाउन्ट’ सेवा सञ्चालन गरेको छ । यस खातामा निक्षेपकर्ताले आवश्यक पर्दा सहज रूपमा रकम झिक्न सक्ने सुविधा पाउँछन् भने खातामा रहेको रकममा ब्याजसमेत आर्जन गर्न सक्छन् । अल्पकालीन रूपमा ठूलो रकम व्यवस्थापन गर्नुपर्ने संस्थाका लागि यो खाता प्रभावकारी विकल्प मानिन्छ । व्यवसायिक कारोबारका लागि सञ्चालन गरिने ‘करेन्ट अकाउन्ट’ले उद्योग, व्यापारिक प्रतिष्ठान तथा संस्थालाई दैनिक वित्तीय कारोबार सहज रूपमा सञ्चालन गर्ने सुविधा प्रदान गरेको छ । बारम्बार रकम जम्मा तथा झिक्न मिल्ने यो खाताले नगद व्यवस्थापनलाई सरल र व्यवस्थित बनाउनुका साथै व्यवसायिक कारोबार थप प्रभावकारी बनाएको छ ।
यस्तै, संस्थागत ग्राहकले निश्चित अवधिका लागि सुरक्षित रूपमा पूँजी लगानी गरी आकर्षक प्रतिफल प्राप्त गर्न सकून् भन्ने उद्देश्यले बैंकले ‘इन्स्टिच्युसनल फिक्स्ड डिपोजिट’ सेवा सञ्चालन गरेको छ । सरकारी निकाय, सार्वजनिक संस्थान, निजी कम्पनी, सहकारी तथा अन्य संस्थागत निकायका लागि लक्षित यस योजनाले निश्चित अवधिका लागि प्रतिस्पर्धी प्रतिफलसहित सुरक्षित निक्षेप व्यवस्थापनको अवसर प्रदान गरेको छ ।
यस्तै, एनएमबी बैंकले व्यवसायको प्रकृति र आकारअनुसार छुट्टाछुट्टै बैंकिङ खण्ड (बैंकिङ सेग्मेन्ट) विकास गरेको छ । बैंकले एसएमई तथा एमएसएमई बैंकिङ अन्तर्गत साना, घरेलु तथा मझौला उद्यमलाई पूँजी, व्यवसाय विस्तार तथा सञ्चालनका लागि आवश्यक वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । यसले नयाँ उद्यमीलाई व्यवसाय सुरु गर्न र स्थापित व्यवसायलाई विस्तार गर्न आवश्यक आर्थिक सहायता प्रदान गर्दै उद्यमशीलता विकास र रोजगारी सिर्जनामा योगदान पु¥याएको छ । यस्तै, द्रुत रूपमा विस्तार भइरहेका मध्यमस्तरीय उद्योग तथा व्यवसायका लागि बैंकले मिड–कर्पोरेट बैंकिङ सेवा सञ्चालन गरिएको छ । यसअन्तर्गत कारोबारको आकार बढाउँदै गएका उद्योग तथा व्यापारिक संस्थालाई उनीहरूको आवश्यकता अनुसार कर्जा, नगद व्यवस्थापन, व्यापार वित्त तथा अन्य परामर्शमूलक सेवा उपलब्ध गराउने गरिएको छ ।
त्यसैगरी, ठूला औद्योगिक घराना, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी, विशाल पूर्वाधार आयोजना तथा रणनीतिक महत्त्वका व्यवसायलाई लक्षित गर्दै कर्पोरेट बैंकिङ सेवा सञ्चालन गरिएको छ । यस सेवामार्फत ग्राहकलाई परियोजना वित्त, संरचित वित्तीय समाधान, व्यापार वित्त, नगद व्यवस्थापन तथा विशिष्ट बैंकिङ सेवा प्रदान गर्ने गरिएको छ । प्रत्येक कर्पोरेट ग्राहकका लागि अनुभवी सम्बन्ध व्यवस्थापक मार्फत आवश्यकताअनुसार व्यक्तिगत वित्तीय समाधान उपलब्ध गराउने गरिएको छ ।
संस्थागत निक्षेपको प्रभावकारी व्यवस्थापनका लागि बैंकले इन्स्टिच्युसनल बैंकिङ लाइबिलिटिज सेवा पनि उपलब्ध गराएको छ । यसअन्तर्गत विभिन्न संस्था तथा निकायका निक्षेपलाई सुरक्षित, पारदर्शी र प्रतिस्पर्धी प्रतिफलसहित व्यवस्थापन गरिएको छ । व्यापार तथा उद्योगको विस्तारमा वित्तीय साझेदारका रूपमा एनएमबी बैंकले ट्रेड फाइनान्स सेवा सञ्चालन गर्दै आएको छ । आयात–निर्यात कारोबार गर्ने व्यवसायीलाई लेटर अफ क्रेडिट, बैंक ग्यारेन्टी, डकुमेन्टरी कलेक्सन तथा अन्य अन्तर्राष्ट्रिय व्यापार वित्तीय सुविधा उपलब्ध गराई बैंकले अन्तर्राष्ट्रिय व्यापारलाई सुरक्षित, छरितो र विश्वसनीय बनाएको छ ।
देशको पूर्वाधार विकास तथा उत्पादनशील क्षेत्रमा दीर्घकालीन लगानी प्रवाह गर्ने उद्देश्यले बैंकले प्रोजेक्ट फाइनान्स सेवालाई विशेष प्राथमिकता राखेको छ । जलविद्युत र सौर्य ऊर्जासँगै सिमेन्ट उद्योग, उत्पादनमूलक उद्योग, होटल तथा पर्यटन, स्वास्थ्य, शिक्षा, सडक, पूर्वाधार र अन्य ठूला परियोजनामा बैंकले परियोजनाको सम्भाव्यता, वित्तीय क्षमता तथा दीर्घकालीन प्रतिफलका आधारमा लगानी गर्दै आएको छ । वित्तीय समावेशीकरणलाई सुदृढ बनाउने उद्देश्यले बैंकले माइक्रो फाइनान्स क्षेत्रमा पनि सहकार्य गर्दै आएको छ । लघुवित्त संस्थामार्फत ग्रामीण क्षेत्रका विपन्न वर्ग, महिला उद्यमी, साना किसान तथा स्वरोजगारमा संलग्न व्यक्तिलाई वित्तीय पहुँच विस्तार गर्न बैंकले आवश्यक वित्तीय सहयोग उपलब्ध गराउँदै आएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय वित्तीय कारोबारलाई थप प्रभावकारी बनाउन बैंकले क्रस–बोर्डर तथा इन्स्टिच्युसनल बैंकिङ सेवा सञ्चालन गरेको छ । यस सेवामार्फत अन्तर्राष्ट्रिय विकास साझेदार, बहुपक्षीय वित्तीय संस्था, विदेशी बैंक तथा अन्तरदेशीय परियोजनासँग वित्तीय सहकार्य गर्दै अन्तर्राष्ट्रिय स्तरको बैंकिङ सुविधा उपलब्ध गराउने गरिएको छ ।
विश्वव्यापी बैंकिङ सञ्जालसँग नेपालको बैंकिङ प्रणालीलाई जोड्ने उद्देश्यले एनएमबी बैंकले करेस्पोन्डेन्ट बैंकिङ सेवा विस्तार गरेको छ । विश्वका विभिन्न प्रतिष्ठित बैंकहरूसँगको सहकार्यमार्फत विदेशी मुद्रा कारोबार, अन्तर्राष्ट्रिय भुक्तानी, रेमिट्यान्स, व्यापार वित्त तथा अन्य अन्तरदेशीय वित्तीय सेवाहरूलाई सुरक्षित, छिटो र विश्वसनीय बनाइएको छ । यसले नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न तथा वैदेशिक कारोबारलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । यसरी एनएमबी बैंकले व्यक्तिगत ग्राहकदेखि बहुराष्ट्रिय कम्पनीसम्म, साना उद्यमदेखि विशाल पूर्वाधार परियोजनासम्म तथा स्थानीय कारोबारदेखि अन्तर्राष्ट्रिय वित्तीय साझेदारीसम्मका सबै आवश्यकता सम्बोधन गर्ने समग्र बैंकिङ समाधान विकास गर्दै नेपालको आर्थिक विकास, निजी क्षेत्रको विस्तार र दिगो वित्तीय प्रणाली निर्माणमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ ।
डिजिटल बैंकिङ र आधुनिक भुक्तानी सेवामा फड्को
प्रविधिको तीव्र विकाससँगै बैंकिङ सेवाको स्वरूप पनि तीव्र गतिमा परिवर्तन भइरहेको छ । ग्राहकले बैंकको शाखा कार्यालयमै पुगेर मात्र बैंकिङ सेवा लिनुपर्ने परम्परागत अवधारणालाई प्रतिस्थापन गर्दै एनएमबी बैंकले डिजिटल रूपान्तरणलाई आफ्नो रणनीतिक प्राथमिकताका रूपमा अघि बढाएको छ । समय, दूरी र स्थानको सीमालाई हटाउँदै ग्राहकलाई जुनसुकै स्थानबाट सुरक्षित, सहज र छरितो बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले बैंकले अत्याधुनिक डिजिटल प्लेटफर्म तथा प्रविधिमा आधारित विभिन्न सेवा सञ्चालन गरिरहेको छ । डिजिटल बैंकिङलाई अझ सहज बनाउने उद्देश्यले बैंकले अनलाइन अकाउन्ट ओपनिङ सेवा सञ्चालन गरेको छ । यस सुविधामार्फत ग्राहकले बैंकको शाखामा नगई आफ्नै मोबाइल फोन वा कम्प्युटर प्रयोग गरेर आवश्यक विवरण भरी नयाँ बैंक खाता खोल्न सक्छन्। यसले बैंकिङ प्रक्रियालाई सरल, छिटो र कागजरहित बनाएको छ ।
त्यसैगरी, बैंकले ग्राहकका लागि भिडियो अकाउन्ट ओपनिङ सेवा पनि उपलब्ध गराएको छ । यस प्रविधिमार्फत ग्राहकले भिडियोमार्फत आफ्नो पहिचान प्रमाणीकरण गरी घर वा कार्यालयबाटै खाता खोल्न सक्ने सुविधा प्राप्त गर्न सक्दछन् । विशेषगरी विदेशमा रहेका नेपाली, व्यस्त पेशाकर्मी तथा शाखासम्म सहज पहुँच नभएका ग्राहकका लागि यो सेवा अत्यन्त उपयोगी बनेको छ । यस्तै, डिजिटल कर्जा प्रक्रियालाई सहज बनाउन बैंकले ई–लोन सेवा सञ्चालन गरेको छ । यसमार्फत योग्य ग्राहकले अनलाइन माध्यमबाट कर्जाका लागि आवेदन दिन, आवश्यक विवरण पेश गर्न तथा प्रारम्भिक प्रक्रिया पूरा गर्न सक्छन् । यसले कर्जा आवेदन प्रक्रियालाई छिटो, पारदर्शी र ग्राहकमैत्री बनाएको छ । त्यस्तै, ‘अनलाइन लोन ट्र्याकर’ सेवाले कर्जा आवेदनको प्रगति ग्राहक स्वयंले अनलाइनमार्फत हेर्न सक्ने सुविधा प्रदान गर्दै आएको छ । आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारीका लागि पटक–पटक बैंक धाउनुपर्ने आवश्यकताको अन्त्य गर्दै यस सेवाले कर्जा प्रक्रियामा पारदर्शिता र सहजता थपेको छ ।
यस्तै, भुक्तानी प्रणालीलाई थप सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन बैंकले विभिन्न प्रकारका डेबिट तथा क्रेडिट कार्ड सेवा उपलब्ध गराउँदै आएको छ । दैनिक खरिद–बिक्री, एटीएमबाट नगद झिक्ने, अनलाइन कारोबार तथा अन्तर्राष्ट्रिय भुक्तानीका लागि बैंकका कार्डहरू भरपर्दो माध्यमका रूपमा प्रयोग भइरहेका छन् । अनलाइन कार्ड कारोबारलाई सुरक्षित बनाउन बैंकले ‘एनएमबी थ्रीडी सेक्योर’ प्रणाली लागू गरेको छ । अतिरिक्त प्रमाणीकरणमा आधारित यस सुरक्षात्मक प्रविधिले अनलाइन भुक्तानीका क्रममा हुने सम्भावित वित्तीय जोखिम न्यूनीकरण गर्दै ग्राहकको कार्डलाई थप सुरक्षित बनाउँछ । कार्ड प्रयोगलाई अझ सुरक्षित बनाउन बैंकले कार्ड सक्रियता तथा सुरक्षा सूचना सम्बन्धी सेवा पनि उपलब्ध गराएको छ । कार्ड कसरी सक्रिय गर्ने, सुरक्षित रूपमा प्रयोग गर्ने तथा सम्भावित अनलाइन ठगीबाट कसरी बच्ने भन्ने विषयमा बैंकले ग्राहकलाई आवश्यक जानकारी तथा मार्गदर्शन प्रदान गर्दै आएको छ । नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले ‘क्यूआर कोड’ मार्फत डिजिटल भुक्तानी सेवा विस्तार गरेको छ । ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी देशभरका हजारौँ व्यापारिक प्रतिष्ठानमा छिटो, सुरक्षित र सहज रूपमा भुक्तानी गर्न सक्छन् । यस सेवाले नगद बोकेर हिँड्नुपर्ने आवश्यकता घटाउनुका साथै डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गरिरहेको छ ।
व्यापारी तथा व्यवसायीलाई डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराउने उद्देश्यले बैंकले ‘एनएमबी सफ्टपस’ सेवा सञ्चालन गरेको छ । यस प्रविधिमार्फत विशेष कार्ड मेसिनको आवश्यकता बिना नै एनएफसी सुविधा भएको स्मार्टफोनलाई डिजिटल भुक्तानी स्वीकार गर्ने उपकरणका रूपमा प्रयोग गर्न सकिन्छ । यसले विशेषगरी साना तथा मझौला व्यवसायीलाई न्यून लागतमा आधुनिक डिजिटल भुक्तानी प्रणाली अपनाउन सहयोग पु¥याएको छ । यस्तै, ग्राहकको खरिद क्षमतालाई थप सहज बनाउने उद्देश्यले बैंकले एनएमबी इन्स्टाबाइ सेवा पनि सञ्चालन गरेको छ । यस सेवामार्फत ग्राहकले सहभागी व्यापारिक प्रतिष्ठानबाट आवश्यक वस्तु वा सेवा तत्काल खरिद गरी किस्ताबन्दी सुविधामार्फत भुक्तानी गर्न सक्छन् । यसले ग्राहकलाई वित्तीय लचकता प्रदान गर्नुका साथै व्यापारिक कारोबारलाई समेत प्रोत्साहन गरेको छ ।
यसैगरी, अन्तरबैंक तथा अन्य बैंकमा सुरक्षित रूपमा रकम पठाउने आवश्यकतालाई ध्यानमा राख्दै बैंकले ‘आउटवार्ड ट्रान्सफर’ सेवा कार्यान्वयन गरेको छ । यसमार्फत ग्राहकले स्वदेशभित्र वा आवश्यकताअनुसार विदेशमा समेत सुरक्षित, छिटो र भरपर्दो रूपमा रकम स्थानान्तरण गर्न सक्छन् । आधुनिक डिजिटल प्रणालीमा आधारित यस सेवाले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रकारका वित्तीय कारोबारलाई थप प्रभावकारी बनाएको छ । डिजिटल प्रविधिलाई निरन्तर आत्मसाथ गर्दै एनएमबी बैंकले बैंकिङ सेवालाई केवल शाखामुखी नभई ग्राहकको हातहातमा पु¥याएको छ । अनलाइन खाता खोल्नेदेखि डिजिटल कर्जा, सुरक्षित कार्ड कारोबार, क्यूआर भुक्तानी, स्मार्ट व्यापारी समाधान तथा विद्युतीय रकम स्थानान्तरणसम्मका सेवा विस्तार गर्दै बैंकले भविष्यको बैंकिङ संस्कृतिलाई आजकै दिन व्यवहारमा उतारिरहेको छ । यही नवप्रवर्तन, प्रविधिमैत्री सोच र ग्राहक–केन्द्रित सेवाका कारण एनएमबी बैंक नेपालको डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी वित्तीय संस्थाका रूपमा आफ्नो पहिचानलाई निरन्तर सुदृढ बनाउँदै गएको छ ।