नेपालमा आधुनिक प्रजनन स्वास्थ्य सेवाको विस्तारसँगै सहायक प्रजनन प्रविधिले नयाँ आयाम प्राप्त गरिरहेको छ । यही परिवेशमा उच्च प्राज्ञिक दृष्टि, अन्तर्राष्ट्रिय अनुसन्धान अनुभव र वैज्ञानिक सोचलाई आधार बनाएर स्लाभिका आईभीएफ एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडको स्थापना भएको हो । यो केवल एउटा आईभीएफ केन्द्रका रूपमा मात्र सीमित छैन; बरु यसका संस्थापक अध्यक्ष डा. अजयजंग कुँवरले हासिल गरेको करिब साढे दुई दशक लामो शैक्षिक साधना, वैज्ञानिक अनुसन्धान र अन्तर्राष्ट्रिय अनुभवबाट नेपाली स्वास्थ्य सेवामा निसन्तान दम्पतीलाई दिइने सेवामा रूपान्तरण गर्ने एउटा दूरदर्शी प्रयासको परिणाम हो । यस संस्थाको नेतृत्व गर्ने अध्यक्ष कुँवर आफैं पनि प्रख्यात न्युरो साइन्स अनुसन्धानकर्ता तथा एनाटोमीका प्राध्यापक हुन् । उनको शैक्षिक तथा व्यावसायिक यात्रा नै स्लाभिकाको आधारशिला हो । सन् २००२ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एनाटोमी विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेपछि उनले जर्मनीबाट न्युरो साइन्समा विद्यावारिधि (पीएचडी) तथा अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयबाट पोस्ट–डक्टरल फेलोसिप उपाधि हासिल गरेका छन् ।
यी उपलब्धिहरूले उनलाई अन्तर्राष्ट्रिय चिकित्सा तथा अनुसन्धान समुदायमा स्थापित गराएको हो । विदेशमा आकर्षक करियर र अत्याधुनिक अनुसन्धानको अवसर हुँदाहुँदै पनि आफ्नै देशमा ज्ञान, अनुभव र सीपको उपयोग गर्ने दृढ संकल्पका साथ उनी नेपाल फर्किएका थिए । नेपाल फर्किएर काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज तथा नेपाली सेनाको आर्मी मेडिकल कलेजमा लामो समयसम्म अध्यापन र अनुसन्धानमा सक्रिय भएका उनले कोभिड–१९ महामारीका क्रममा क्यारेबियन मेडिकल कलेजमा समेत प्राध्यापन गर्दै आफ्नो अन्तर्राष्ट्रिय अनुभव पनि हासिल गरे । कोभिड–१९ महामारीपछि नेपाल फर्किएर उनले नेपाली प्रजनन स्वास्थ्य सेवाको अवस्थाकाबारेमा पनि अध्ययन गरे । उनको अध्ययनले देशमा आईभीएफ सेवा विस्तार भइरहेको भए पनि वैज्ञानिक अनुसन्धान, जेनेटिक परीक्षण तथा प्रमाणमा आधारित आधुनिक उपचार प्रणालीलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता देखियो । यही अनुभूतिले अनुसन्धानमुखी, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आईभीएफ सेवा केन्द्र स्थापना गर्ने अवधारणालाई मूर्त रूप दियो र वि.सं. २०७९ साल फागुन १८ गते स्लाभिका आइभीएफ एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड कम्पनी औपचारिकरूपमा दर्ता भयो । कम्पनी दर्तापछिका आवश्यक प्रक्रिया पूरा भएपछि २०८० साल असारदेखि स्लाभिकाले आईभीएफले औपचारिक रूपमा आफ्नो सेवा प्रारम्भ गर्यो । काठमाडौंको सिनामंगलमा स्लाभिका आइभीएफ सेवा केन्द्र अवस्थित छ । शान्त, सहज पहुँचयुक्त र व्यवस्थित वातावरणमा सञ्चालन भइरहेको यस सेवा केन्द्रले छोटो समयमै आधुनिक प्रजनन उपचारका क्षेत्रमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । अत्याधुनिक प्रविधि, अनुसन्धानमा आधारित उपचार पद्धति, अनुभवी विशेषज्ञ टोली तथा बिरामी–केन्द्रित सेवाका कारण स्लाभिका आज निसन्तानपनको उपचारका लागि नेपालकै विश्वासिलो गन्तव्यका रूपमा उदाउँदै गएको छ ।
अत्याधुनिक जेनेटिक प्रयोगशाला
स्लाभिका आईभीएफ एन्ड रिसर्च सेन्टरको सबैभन्दा विशिष्ट परिचय यसको अत्याधुनिक प्रयोगशाला र प्रि–इम्प्लान्टेसन जेनेटिक टेस्टिङ (पीजीटी) सेवा हो । यो प्रविधिले यस संस्थालाई नेपालका अन्य धेरै आईभीएफ केन्द्रहरूभन्दा फरक र अग्रणी बनाएको छ । सामान्यतया अधिकांश परम्परागत आईभीएफ केन्द्रहरूमा भ्रुण निर्माण गरी त्यसलाई प्रत्यक्ष रूपमा पाठेघरमा प्रत्यारोपण गर्ने प्रक्रियालाई नै प्राथमिकता दिइन्छ । तर, स्लाभिकाले भने भ्रुण प्रत्यारोपणअघि नै त्यसको गुणस्तर, क्रोमोसोमको अवस्था तथा आनुवंशिक स्वास्थ्यको वैज्ञानिक परीक्षण गर्ने अवधारणालाई उपचार प्रक्रियाको महŒवपूर्ण चरणका रूपमा स्थापित गरेको छ ।
यसले सफल गर्भधारणको सम्भावना मात्र बढाउँदैन, भविष्यमा जन्मिने शिशुको वंशाणुगत समस्याको पनि महिले नै पहिचान गरी त्यसको रोकथाम गरी शिशुको स्वास्थ्यलाई समेत सुरक्षित बनाउने भूमिका निर्वाह गर्ने गर्दछ । पीजीटी प्रक्रियाअन्तर्गत प्रयोगशालामा विकसित भ्रुणबाट अत्याधुनिक लेजर प्रविधिको सहायताले अत्यन्तै सावधानीपूर्वक केही कोशिकाहरू निकालिन्छन् । ती कोशिकाको बायोप्सीमार्फत भ्रुणमा कुनै गम्भीर आनुवंशिक वा क्रोमोसोमसम्बन्धी समस्या छ वा छैन भन्ने विस्तृत परीक्षण गरिन्छ । यसबाट डाउन सिन्ड्रोम, टर्नर सिन्ड्रोम, एडवार्ड सिन्ड्रोमलगायतका विभिन्न आनुवंशिक विकारहरूको जोखिम गर्भधारण हुनुअघि नै पहिचान गर्न सकिन्छ । परिणामस्वरूप स्वस्थ भ्रुणको छनोट गरी प्रत्यारोपण गरिने भएकाले स्वस्थ शिशु जन्मिन्छ । विशेषगरी पहिलो सन्तान कुनै आनुवंशिक समस्या, शारीरिक वा मानसिक जटिलतासहित जन्मिएको अवस्था, अथवा परिवारमा वंशानुगत रोगको इतिहास रहेका दम्पतीका लागि पीजीटी प्रविधि अत्यन्तै उपयोगी र विश्वासिलो विकल्प बनेको छ । यस्तो अवस्थामा दोस्रो सन्तानलाई सम्भावित आनुवंशिक जोखिमबाट जोगाउन स्लाभिकाले वैज्ञानिक रूपमा त्यसको समाधान हुने गरी दम्पतीलाई सेवा दिने गरेको छ । नेपालमा विगतमा यस्ता आनुवंशिक परीक्षणहरू प्रायः गर्भ बसेपछि एम्नियोसेन्टेसिस जस्ता जटिल तथा जोखिमयुक्त विधिबाट गरिन्थे । यस प्रक्रियामा आमाको गर्भाशयबाट एम्नियोटिक तरल पदार्थ निकालेर परीक्षण गरिन्थ्यो, जसका कारण गर्भपतनको जोखिमदेखि लिएर परीक्षणपछि गम्भीर समस्या देखिएमा गर्भ समापन गर्नुपर्ने कठिन मानसिक र शारीरिक अवस्थासमेत सिर्जना हुन सक्थ्यो ।
स्लाभिकाले भने गर्भधारण हुनुअघि नै भ्रुणको आनुवंशिक परीक्षण सम्पन्न गरेर यस्ता जोखिमलाई न्यून गर्ने आधुनिक वैज्ञानिक अभ्यासलाई प्राथमिकता दिएको छ । स्लाभिका आईभीएफ एन्ड रिसर्च सेन्टरले यसका लागि आफ्नो प्यारेन्ट कम्पनी एनोभा इन्टरनेसनलसँगको प्राविधिक सहकार्यमा नेपालमै उच्चस्तरीय जेनेटिक प्रयोगशाला स्थापना गरेको नै गरेको छ । यस प्रयोगशालाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्वस्थ भ्रुणको वैज्ञानिक छनोट सम्भव बनाउँदै गुणस्तरीय प्रजनन स्वास्थ्य सेवामा नयाँ मानक स्थापित गरेको छ ।
प्रयोगशालाको भौतिक संरचना र सञ्चालन प्रणाली पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजाइन गरिएको छ । युरोपेली स्तरको हाइली कन्ट्रोल्ड ल्याब इन्भाइरोन्मेन्ट कायम गर्न अत्याधुनिक एयर फिल्ट्रेसन प्रणाली जडान गरिएको छ, जसले हावामा रहेका सूक्ष्म रासायनिक कण र प्रदूषणलाईसमेत नियन्त्रण गर्छ । भ्रुण अत्यन्त संवेदनशील हुने भएकाले प्रयोगशालाभित्र लिपस्टिक, पफ्र्युम, नेलपोलिस, काठजन्य सामग्री वा कुनै पनि प्रकारका भोलाटाइल केमिकलयुक्त वस्तु प्रयोग गर्न निषेध गर्ने गरिन्छ । यस्ता सामान्य देखिने रासायनिक तŒवहरूले समेत भ्रुणको विकासमा प्रतिकूल प्रभाव पार्न सक्ने भएकाले प्रयोगशालामा कडा जैविक सुरक्षा मापदण्ड पालना गरिन्छ । त्यसैगरी, प्रयोगशालाभित्र प्रयोग हुने सम्पूर्ण उपकरणहरू मेडिकल–ग्रेड स्टिलबाट निर्मित छन् भने प्रत्येक प्रक्रिया कडा गुणस्तर नियन्त्रण, नियमित अनुगमन र वैज्ञानिक स्क्रुटिनीका आधारमा सञ्चालन गरिन्छ । अत्याधुनिक प्रविधि, अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला व्यवस्थापन, जेनेटिक अनुसन्धानप्रतिको प्रतिबद्धता तथा गुणस्तरीय उपचार प्रणालीका कारण स्लाभिका आइभीएफ. एन्ड रिसर्च सेन्टरले नेपालमा प्रजनन स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै आफूलाई अग्रणी संस्थाका रूपमा उभ्याएको छ ।
विश्वास, प्रविधि र सफलताको समन्वय
स्लाभिका आईभीएफ एन्ड रिसर्च सेन्टरमा उपचारका लागि आउने दम्पतीहरूले केवल चिकित्सा सेवा मात्र प्राप्त गर्दैनन्, उनीहरूले विज्ञान, प्रविधि र मानवीय संवेदनशीलताको समन्वय सहितको व्यवस्थित उपचारको अनुभव गर्छन् । यहाँको सम्पूर्ण उपचार प्रणाली ‘एभिडेन्स–बेस्ड मेडिसिन’ (प्रमाणमा आधारित चिकित्सा) को सिद्धान्तमा आधारित हुन्छ, जहाँ प्रत्येक निर्णय वैज्ञानिक अनुसन्धान, अन्तर्राष्ट्रिय उपचार मापदण्ड तथा बिरामीको व्यक्तिगत स्वास्थ्य अवस्थाको सूक्ष्म मूल्याङ्कनपछि मात्र गरिन्छ । यस सेवा केन्द्रको क्लिनिकल टिमको नेतृत्व प्रख्यात स्त्री तथा प्रजनन रोग विशेषज्ञ डा. निकिता ढकालले गरेकी छन् । उनको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले पहिलो परामर्शदेखि नै दम्पतीको स्वास्थ्य इतिहास, हर्मोनको अवस्था, प्रजनन क्षमतासम्बन्धी चुनौती तथा सम्भावित जोखिमहरूको विस्तृत मूल्यांकन गरी प्रत्येक बिरामीका लागि व्यक्तिगत उपचार योजना तयार गर्छ । यही व्यक्तिगत र वैज्ञानिक दृष्टिकोण नै स्लाभिकाको उपचार प्रणालीको प्रमुख विशेषता हो । सामान्यतया उपचार प्रक्रिया महिलाको महिनावारी सुरु भएको दोस्रो दिनबाट प्रारम्भ हुन्छ ।
यस चरणमा फोलिकल–स्टिमुलेटिङ हर्मोन (एफएसएच) का विशेष इन्जेक्सनमार्फत डिम्बाशयलाई सक्रिय बनाइन्छ, जसले एकै चक्रमा धेरै संख्यामा गुणस्तरीय अण्डाहरू विकास गर्न मद्दत गर्दछ । प्राकृतिक रूपमा महिलाको शरीरबाट प्रत्येक महिनामा एउटा मात्र अण्डा परिपक्व हुने भए पनि आईभीएफ प्रक्रियामा सफलताको सम्भावना बढाउन १० देखि १५ वटासम्म परिपक्व अण्डा प्राप्त गर्ने लक्ष्य राखिन्छ । अण्डाको विकासक्रमलाई फोलिकुलर मोनिटरिङ मार्फत नियमित रूपमा अल्ट्रासाउन्डद्वारा निगरानी गरिन्छ । आवश्यक परिपक्वता पुगेपछि छोटो समय लाग्ने सानो शल्य प्रक्रियामार्फत ती अण्डाहरू सुरक्षित रूपमा निकालिन्छन्। त्यसपछि पुरुषबाट सङ्कलित शुक्रकीटलाई प्रयोगशालामा अत्याधुनिक इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन (आईसीएसआई) प्रविधिबाट प्रत्यक्ष रूपमा अण्डाभित्र प्रविष्ट गराइन्छ, जसले निषेचनको सम्भावना उल्लेखनीय रूपमा बढाउँछ । निषेचन प्रक्रिया सफल भएपछि विकसित भ्रुणलाई विशेष पोषक माध्यम (कल्चर मिडिया) मा ५ देखि ६ दिनसम्म हुर्काइन्छ, जहाँसम्म भ्रुण ब्लास्टोसिस्ट चरणमा पुग्दछ । यही चरणमा पुगेका स्वस्थ भ्रुणरूणहरूको गुणस्तर मूल्यांकन गरी आवश्यक परे आनुवंशिक परीक्षणसमेत गरिन्छ, जसले सफल गर्भधारणको सम्भावना थप मजबुत बनाउँछ ।
स्लाभिकाको अर्को महŒवपूर्ण विशेषता भनेको अधिकांश अवस्थामा फ्रोजन एम्ब्रियो ट्रान्सफर (एफईटी) लाई प्राथमिकता दिनु हो । धेरै आईभीएफ केन्द्रहरूले भ्रुण तयार भएलगत्तै प्रत्यारोपण गर्ने अभ्यास अपनाउने भए पनि स्लाभिकामा आमाको शरीरलाई हर्मोनल औषधिको प्रभावबाट पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन पर्याप्त समय दिइन्छ । त्यसपछि मात्र सुरक्षित रूपमा भ्रुण प्रत्यारोपण गरिने भएकाले गर्भ बस्ने सम्भावना अझ उच्च हुने चिकित्सकहरूको अनुभव छ । छोटो समयमै यस केन्द्रले उल्लेखनीय सफलता हासिल गरेको छ । हालसम्म एक सयभन्दा बढी दम्पतीले यहाँबाट सेवा लिइसकेका छन् भने उपचारको सफलताको दर अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको संस्थाको दाबी छ। यहाँ उपचार गराएका धेरै दम्पतीले स्वस्थ जुम्ल्याहा सन्तानको सुखसमेत प्राप्त गरेका छन्। विशेष गरी ढिलो उमेरमा विवाह गरेका, लामो समयदेखि निसन्तान रहँदै आएका वा बारम्बार गर्भ रहन नसकेका दम्पतीहरूका लागि यी सफलताहरू नयाँ आशा र खुसीका प्रतीक बनेका छन् । संस्थाका अध्यक्ष प्राध्यापक डा. अजय कुँवरका अनुसार उपचारका लागि विदेशबाट नेपाल आएका तथा उपचारपछि अस्ट्रेलिया, अमेरिका लगायतका विकसित मुलुक फर्किएका धेरै नेपाली दम्पतीले स्लाभिकाको सेवा, प्रयोगशाला, प्रविधि र चिकित्सकीय व्यवस्थापन अन्तर्राष्ट्रिय स्तरको रहेको प्रतिक्रिया दिएका छन् । यही विश्वास, अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ टोली र अनुसन्धानमा आधारित उपचार पद्धतिका कारण स्लाभिका आइभीएफ एन्ड रिसर्च सेन्टरले नेपालमा आधुनिक प्रजनन स्वास्थ्य सेवाको क्षेत्रमा गुणस्तर, विश्वसनीयता र सफलताको नयाँ मानक स्थापित गरिरहेको छ ।
साउनमा सेवा लिन आउनेलाई छुट र अफर सुविधा
आधुनिक आईभीएफ प्रविधि उच्च प्रविधि, अत्याधुनिक प्रयोगशाला, दक्ष जनशक्ति तथा विदेशबाट आयात गरिने औषधि र प्रयोगशाला सामग्रीमा निर्भर हुने भएकाले यसको लागत स्वाभाविक रूपमा उच्च हुन्छ । विशेषगरी प्रयोगशालामा प्रयोग हुने संवेदनशील ‘कल्चर मिडिया’को छोटो प्रयोग अवधि, अन्तर्राष्ट्रिय मापदण्डअनुसार ल्याब सञ्चालनको निरन्तर खर्च तथा आयातित उपकरणहरूले उपचारको लागत बढाउने प्रमुख कारण हुन् । यद्यपि स्लाभिका आइभीएफ एन्ड रिसर्च सेन्टरले उपचारको गुणस्तरमा कुनै सम्झौता नगरी सेवाग्राहीको आर्थिक अवस्थालाई केन्द्रमा राख्दै पारदर्शी, सहज र विश्वासिलो शुल्क प्रणाली अवलम्बन गरेको छ । कतिपय संस्थामा प्रारम्भमा कम शुल्कको जानकारी दिइए पनि उपचारको क्रममा विभिन्न शीर्षकमा अतिरिक्त शुल्क थपिँदै जाने गुनासो सुनिने गरेको अवस्थामा स्लाभिकाले सुरुदेखि नै स्पष्ट र पारदर्शी रूपमा एउटै शुल्क सेवाग्राहीबाट लिन्छ । यो संस्थाले एउटा दम्पती परिवारबाट आभीएफ प्रविधिबाट गर्भधारण गराउनका लागि साढे तीन लाख रुपैयाँ शुल्क लिने गरेको छ । यो शुल्कमा संस्थाले दिने सबै प्रकारको प्याकेज समावेश हुन्छ । यस प्याकेजमा प्रारम्भिक परामर्श, आवश्यक काउन्सिलिङ, उपचार अवधिभर प्रयोग हुने प्रमुख इन्जेक्सन, प्रयोगशाला सेवा तथा भ्रुण प्रत्यारोपणसम्मका मुख्य उपचार प्रक्रियाहरू समावेश गरिएका छन् । उपचार सुरु गर्नुअघि नै दम्पतीलाई सम्भावित खर्चबारे स्पष्ट जानकारी दिने भएकाले आर्थिक अन्योल र अनपेक्षित अतिरिक्त भार पर्दैन । सामाजिक उत्तरदायित्वलाई आफ्नो सेवाको हिस्सा मान्दै आएको स्लाभिकाले साउन महिनालाई ‘पवित्रता र सेवाको महिना’ का रूपमा मानेर सेवाग्राहीका लागि विशेष सहुलियत अभियान सञ्चालन गरेको छ । यस अभियानअन्तर्गत साउन महिनाभर उपचारका लागि बुकिङ गर्ने दम्पतीले आईभीएफ प्याकेजमा ५० हजार रुपैयाँसम्मको विशेष छुट प्राप्त गर्नेछन् । यससँगै सामान्यतया साढे तीन लाख रुपैयाँ पर्ने प्याकेज अहिले ३ लाख रुपैयाँमै उपलब्ध गराइएको छ । त्यति मात्र नभई यस विशेष योजनाअन्तर्गत प्रारम्भिक ओपिडी परामर्श, शुक्रकीट परीक्षण तथा आईयूआई सेवासमेत निःशुल्क गरिएको छ ।
सामान्य अवस्थामा आईयूआई प्रक्रियाका लागि करिब १५ हजारदेखि २५ हजार रुपैयाँसम्म खर्च हुने भए पनि यो सुविधा निःशुल्क उपलब्ध गराएर धेरैभन्दा धेरै दम्पतीलाई प्रारम्भिक प्रजनन उपचारतर्फ आकर्षित गर्ने संस्थाको उद्देश्य रहेको छ । संस्थाका अध्यक्ष प्राध्यापक कुँवरका अनुसार आईभीएफ उपचारको लागत बढ्नुका प्रमुख कारणहरूमा विदेशबाट आयात गरिने उच्च गुणस्तरीय प्रयोगशाला सामग्री, छोटो समयमै प्रयोग गर्नुपर्ने संवेदनशील कल्चर मिडिया तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गरिने प्रयोगशालाको खर्च रहेका छन् । यद्यपि यी सबै चुनौतीका बाबजुद पनि संस्थाले आफ्नो व्यावसायिक नाफाभन्दा सेवाको सामाजिक दायित्वलाई प्राथमिकतामा राख्दै गुणस्तरीय उपचारलाई आम नेपालीको पहुँचभित्र ल्याउने प्रयास गरिरहेको छ । स्लाभिकाको अर्को महŒवपूर्ण विशेषता भनेको उपचार अवधिभर कुनै पनि लुकेको शुल्क नलिइनु पनि हो । उपचारका क्रममा आवश्यक पर्ने अधिकांश औषधि तथा प्याकेजभित्र समेटिएका सेवाहरू सुरुदेखि नै स्पष्ट रूपमा उल्लेख गरिने भएकाले सेवाग्राहीले अतिरिक्त आर्थिक दबाबको सामना गर्नुपर्दैन । यसले दम्पतीलाई आर्थिक चिन्ताभन्दा उपचार र सकारात्मक परिणामतर्फ केन्द्रित हुन सहज वातावरण प्रदान गर्दछ ।
डोनरमैत्री नीतिगत सुधार आवश्यक
नेपालमा आईभीएफ सेवा विस्तार हुँदै गए पनि यस क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक कानुनी तथा नीतिगत संरचना छैन । धेरैले आज पनि विज्ञानले प्रमाणित गरेको यो प्रविधिलाई अनौठो मान्ने गरेका छन् । यही कारणले स्लाभिका आईभीएफ एन्ड रिसर्च सेन्टरजस्ता संस्थाहरूले पनि कतिपय अवस्थामा नीतिगत तथा कानुनी अन्योलताको सामना गर्नुपरेको छ । नेपालमा आईभीएफ केन्द्रहरूको संख्या बढाउनु मात्रै पर्याप्त होइन; ती संस्थाहरूको गुणस्तर, सेवा मापदण्ड तथा भौतिक संरचनागत आवश्यकतालाई आधार बनाएर प्रभावकारी नियमन गरिनु आवश्यक छ । विशेषगरी काठमाडौं उपत्यकामा आईभीएफ केन्द्रहरूको संख्या वर्षेनी बढिरहेको भएपनि उपत्यका बाहिरका सहरहरूमा पनि यस्ता आइभीएफ केन्द्रहरू नै छैनन् । निसन्तान दम्पती सेवा लिन राजधानी नै आउनुपर्ने बाध्यता छ । त्यसकारण, भविष्यमा काठमाडौं बाहिरका प्रमुख सहरहरूमा पनि आईभीएफ केन्द्र स्थापना गरिन आवश्यक छ । यस्तै, महिलाको अण्डा वा पुरुषको शुक्रकीट दान (डोनर)सम्बन्धी व्यवस्था पनि कानुनीरूपमा सहज बनाउनुपर्छ । नाबालिकको हकमा कडा भन्दा कडा कानुनी प्रावधान राखी अन्तर्राष्ट्रिय मापदण्डबमोजिम नै २१ वर्ष उमेर पुगेका, आफ्नो निर्णय आफैंं लिनसक्ने उमेरका युवायुवतीलाई अण्डा वा शुक्रकिट डोनेशनको अधिकार रहनेगरी कानुनी व्यवस्था गर्नुपर्छ । युवतीको हकमा विवाह भई सन्तान जन्मिसकेका महिलालाई अण्डा डोनेशन गर्न सक्ने अधिकार कानुनी रूपमा दिन सकिन्छ । एक जना महिलालाई निश्चित पटकसम्म मात्रै अण्डा दान गर्न पाउने प्रावधान कानुनमा राख्न सकिन्छ । त्यसैगरी, सरोगेसी (पाठेघर भाडा) सम्बन्धी विषयमा पनि मानवीय आवश्यकताबमोजिम यो व्यवस्था कानुनमै गर्न सकिन्छ । चिकित्सकीय कारणले गर्भधारण वा सन्तान जन्माउन नसक्ने दम्पतीका लागि सरोगेसी एउटा विकल्प हुन सक्ने भएकाले यसलाई व्यावसायिक शोषणको माध्यम बन्न नदिई स्पष्ट कानुनी मापदण्ड र प्रभावकारी नियमनभित्र सञ्चालन गरिनुपर्छ । यस विषयमा वर्तमान सरकारको ध्यान जान आवश्यक छ । प्रजनन स्वास्थ्यसम्बन्धी नीति निर्माण गर्दा बदलिँदो सामाजिक यथार्थ, आधुनिक चिकित्सा प्रविधि तथा मानव अधिकारका पक्षलाई पनि समग्र रूपमा विचार गरिनु आवश्यक छ ।
(स्लाभिका आईभीएफ एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा.अजयजंग कुँवरसँग धना ढकालले गरेको कुराकानीका आधारमा तयार पारिएको)