नेभिगेशन
अर्थतन्त्र

घरको नक्सा डिजाइनमा देभको इन्जिनियरिङको ३३ प्रतिशत छुट

काठमाडौं । आवासीय घर निर्माणका लागि नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले ३३ प्रतिशत छुट दिने घोषणा गरेको छ । घर निर्माणको प्रारम्भिक चरणमै गुणस्तरीय योजना र सुरक्षित संरचनालाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले यो योजना ल्याइएको हो ।
कम्पनीका अनुसार छुट योजनाअन्तर्गत वास्तु विश्लेषण, आर्किटेक्चरल ड्रइङ, स्ट्रक्चरल ड्रइङ, स्ट्रक्चरल एनालाइसिस तथा थ्री–डी भिजुअलाइजेसनलगायत सेवाहरू उपलब्ध गराइनेछ । घर निर्माणअघि नै जग्गाको अवस्था, उपलब्ध क्षेत्रफल, परिवारको आवश्यकता, बजेट तथा राष्ट्रिय भवन संहिताअनुसारको संरचनात्मक सुरक्षालाई ध्यानमा राखेर डिजाइन तयार गरिने कम्पनीको भनाइ छ । देभको इन्जिनियरिङका अनुसार आकर्षक डिजाइनसँगै भवनको संरचनात्मक सुरक्षा सुनिश्चित गर्न स्ट्रक्चरल विश्लेषण र प्राविधिक मापदण्डअनुसारको डिजाइन आवश्यक हुने हुँदा यसका लागि दक्ष इन्जिनियरको टोलीले भवनको तल्ला संख्या, भार वहन क्षमता तथा निर्माण प्रणालीको विश्लेषण गरी आवश्यक डिजाइन तयार गर्नेछ ।
कम्पनीले निर्माण सुरु हुनुअघि नै थ्री–डी भिजुअलाइजेसनमार्फत ग्राहकलाई आफ्नो भावी घरको स्वरूप अवलोकन गर्ने सुविधा पनि उपलब्ध गराउने जनाएको छ । यसले डिजाइनमा आवश्यक सुधार तथा परिमार्जन गर्न सहज हुने विश्वास कम्पनीको छ । घर निर्माणअघि आवश्यक प्राविधिक परामर्श लिएर मात्रै योजना अघि बढाउन कम्पनीले ग्राहकलाई आग्रह गरेको छ । कम्पनीका अनुसार आधुनिक प्रविधि, दक्ष जनशक्ति र ग्राहकको आवश्यकतालाई केन्द्रमा राखेर एकीकृत डिजाइन समाधान उपलब्ध गराइनेछ ।
देभको इन्जिनियरिङ एन्ड बिल्डर्सले आवासीय घरको नक्सा डिजाइनदेखि राष्ट्रिय भवन संहिताअनुसारको निर्माण, फिनिसिङ तथा साँचो हस्तान्तरणसम्मका सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनीले अनुभवी इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष निगरानीमा निर्माण कार्य सम्पन्न गर्ने भएकाले सुरक्षित, गुणस्तरीय र तुलनात्मक रूपमा लागत–प्रभावी सेवा उपलब्ध हुने दाबी गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्