नेभिगेशन
अर्थतन्त्र

महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला कर्मचारीहरूको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ । 

स्तनपान गराइरहेका महिला कर्मचारीहरूलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले शिशु स्याहार कक्ष तथा डे केयरको स्थापना गरिएको हो । 
महालक्ष्मी विकास बैंकले समावेशिता र लैंगिक समानतालाई प्राथमिकतामा राख्दै आएको छ । कर्मचारीमैत्री, परिवारमैत्री तथा समावेशी कार्यसंस्कृति निर्माण गर्दै मातृत्वप्रतिको सम्मान, कार्य–जीवन सन्तुलन तथा कर्मचारी कल्याणलाई प्रवर्धन गर्ने बैंकको दीर्घकालीन प्रतिबद्धताको निरन्तरता स्वरूप यो पहल गरिएको हो । यस अवसरमा बैंकले सबै कार्यस्थलहरूलाई मातृत्व मैत्री वातावरण निर्माणतर्फ अग्रसर हुन आग्रह गर्दै आफ्ना कर्मचारीहरूको स्वास्थ्य, सम्मान र समग्र कल्याण प्रति सदैव प्रतिबद्ध रहने विश्वास समेत व्यक्त गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्