नेभिगेशन
साहित्य

तीन वटै प्रतिष्ठानले पायो पूर्णता

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम प्रधानमन्त्री बालेन्द्र शाहले नगरकोटीलाई कुलपतिमा नियुक्त गरेका हुन् । प्रतिष्ठानको उपकुलपतिमा अविनाश श्रेष्ठ तथा सदस्य–सचिवमा रोशन शेरचन नियुक्त भएका छन् । 
त्यसैगरी परिषद् सदस्यमा प्रतिसरा मानन्धर, कृष्णराज चौधरी, सीता सुब्बा, तीर्थबहादुर गुरुङ, रुपाकुमारी, नविन नेपाली, दीपक सापकोटा र दुर्गाबहादुर घर्ती नियुक्त हुनुभएको मन्त्रालयले जनाएको छ ।
यसैगरी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा एरिना ताम्राकार नियुक्त भएकी छन् । प्रतिष्ठानको उपकुलपतिमा चन्द्रश्याम डंगोल तथा सदस्य–सचिवमा कैलाशकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
परिषद् सदस्यमा जुपिटर प्रधान, कुबिर देवान, सङ्गी श्रेष्ठ, ध्रुवराज शर्मा, ओमप्रकाश यादव र विणा पौड्याल नियुक्त हुनुभएको मन्त्रालयले जनाएको छ ।
यस्तै, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ब्रजेश खनाल नियुक्त भएका छन् । उपकुलपतिमा झुमा बनेम तथा सदस्य–सचिवमा भूपेन्द्रसिंह रायमाझी नियुक्त भएका छन् ।
सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्यमा छेन्दोक हाङ्ग राई, जीतबहादुर देउजा, सुबिमा श्रेष्ठ, सरस्वती चौधरी, राजन मुकारुङ र रेखा शाह गुरुङ नियुक्त भएका छन् । सो कुरा मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्