नेभिगेशन
अर्थतन्त्र
पोखरा विमानस्थल अनियमितता मुद्दा

पूर्वमन्त्री कार्कीसँग १५ लाख धरौटी माग

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा गरिएको करछुट तथा भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार कार्कीसँग धरौटी माग गरेको हो ।
आदेशमा भनिएको छ, ‘प्रतिवादीको तत्कालीन पदीय हैसियत, भूमिका र जिम्मेवारी समेतलाई मध्यनजर गरी १५ लाख रुपैयाँ धरौटी वा सो बराबरको बैंक जमानत लिई तारेखमा राख्नू ।’ यदि तोकिएको धरौटी रकम बुझाउन नसकेमा उनलाई कारागार कार्यालय पठाउन समेत अदालतले आदेश दिएको छ । यो आदेशसँगै कार्की अब धरौटी बुझाएर बाहिरै बसेर मुद्दा लड्न पाउनेछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री कार्कीमाथि पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनीसँग भएको सम्झौताबमोजिम ठेकेदार कम्पनीले बुझाउनुपर्ने कर छुट दिएको र राज्यलाई ३ अर्ब ६२ करोड ६ लाख २२ हजार १६० रुपैयाँ हानि नोक्सानी पु¥याएको दाबी गरेको थियो । सोमबार भएको बयानमा कार्कीले आफूले कुनै नयाँ प्रावधान नराखेको, नेपाल र चीनबीच भएको सहुलियतपूर्ण ऋण सम्झौताको व्यवस्था कार्यान्वयन मात्र गरेको र राज्यलाई हानि पु¥याउने नियत नरहेको भन्दै मुद्दामा लगाइएको आरोप अस्वीकार गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्