काठमाडौं उपत्यकामा मनाइने विभिन्न जात्रा तथा पवर्हहरुमध्ये रोपाइँ जात्रा पनि एक हो । आज बौद्धमा रोपाइँ जात्रा मनाइएको छ । आइतबार घिनतिङना आयोजना गरिएको बौद्धमा आज रोपाइँ जात्रासँगसँगै -याली समेत निकालिएको छ ।
रोपाइँजात्रामा हलगोरु, बाउसे, रोपाहार लगायत विभिन्न हास्यव्यङ्ग्य तथा लाखे नाच समेत प्रस्तुत गरिएको छ । बौद्ध स्तुप परिक्रमा गरेर सुरु गरिएको रोपाइँजात्रा बौद्ध फूलबारी, बौद्ध गेट, बौद्ध पिपलबोट मूल सडक, बौद्ध टुसाल, बौद्ध गेटसम्म परिक्रममा गरेको थियो ।
बौद्ध क्षेत्रको मौलिक संस्कृतिमा आधारित रोपाइँ जात्रा (घोनाइ) सो क्षेत्रको पहिचानका रूपमा प्रसिद्ध छ । यसपटक पनि हल गोरु, युवा बाउसे, युवा रोपाहार, बाल लाखे, युवा लाखे, झाँकीलगायत विभिन्न विधामा प्रतिस्पर्धीलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारसमेत व्यवस्था गरिएको रोपाइँ जात्रा आयोजक समितिले जनाएको छ ।





- तस्विर : नेपाल फोटो लाइब्रेरी ।