नेभिगेशन
अर्थतन्त्र

भेन्यु र भेन्यु एन लाइन सार्वजनिक

काठमाडौं  । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले स्वदेशमै उत्पादित ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन सार्वजनिक गरेको छ । नयाँ डिजाइन, उन्नत प्रविधि, उत्कृष्ट कार्यक्षमता र सुरक्षालाई प्राथमिकतामा राखिएको नयाँ भेन्युले साना खेलकुद उपयोगी सवारीसाधनको बजारमा नयाँ अनुभव दिने कम्पनीको दाबी छ ।
स्वदेशमै उत्पादित भेन्यु आकर्षक तथा सशक्त स्वरूपमा प्रस्तुत गरिएको छ । यसमा दुईवटा सिङ आकारका एलइडी दिवा, अगाडिको भागमा फैलिएको एलइडी पछाडिको दिवा, विद्युतीय रूपमा सञ्चालन हुने माथि उठ्ने तथा पछाडि सर्ने छत, १० दशमलव २५ इन्चको मनोरञ्जन तथा सूचना प्रदर्शन प्रणाली र छवटा एयरब्याग राखिएका छन् ।
भेन्युमा १ दशमलव २ लिटर र १ दशमलव ० लिटर टर्बो पेट्रोल इन्जिनका विकल्प उपलब्ध छन् । यी इन्जिनले आरामदायी सवारी, इन्धनको प्रभावकारी उपयोग तथा राम्रो कार्यक्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, भेन्यु एन लाइनलाई भेन्युको थप खेलकुद शैलीको संस्करणका रूपमा सार्वजनिक गरिएको छ । यसमा एन ब्रान्ड अंकित सिट, एन ब्रान्ड अंकित मिश्रधातुका पाङ्ग्रा, रातो रङका विशेष सजावटसहितको शरीरको तल्लो भाग र छुट्टै शैलीका सजावटी संरचना राखिएका छन् ।
भेन्यु एन लाइनको बाहिरी तथा भित्री सजावटलाई थप आकर्षक बनाइएको कम्पनीको भनाइ छ । यसको खेलकुद शैलीले भेन्युमा उपलब्ध प्रविधि, आराम र उपयोगितालाई कायम राख्दै चालकलाई थप गतिशील सवारी अनुभव दिने दाबी गरिएको छ ।
स्वदेशमै उत्पादित ह्युन्डाई भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो १ हजार १९७ घन सेन्टिमिटर पेट्रोल इन्जिनसहितको एचएक्स–२, १ हजार १९७ घन सेन्टिमिटर पेट्रोल इन्जिनसहितको एचएक्स–५ प्लस तथा ९९८ घन सेन्टिमिटर पेट्रोल इन्जिनसहितको एचएक्स–५ डीसीटी गरी तीन प्रकारमा उपलब्ध छ ।

त्यस्तै, भेन्यु एन लाइनको सुरुवाती मूल्य ६७ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्