नेभिगेशन
अर्थतन्त्र

सुजुकी मनसुन सर्भिस क्याम्प

काठमाडौं । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सीजी मोटोकर्पले बुधबारदेखि शुक्रवारसम्म देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा विशेष मनसुन निःशुल्क सर्भिस क्याम्प आयोजना थालेको छ ।
तीन दिनसम्म सुजुकीका ग्राहकहरूले ब्रेक, टायर, वाइपर, इन्जिन र इलेक्ट्रिकल प्रणाली लगायत वर्षायाममा बढी जोखिममा पर्ने भागहरूको निःशुल्क जाँच, विशेषज्ञ मर्मत सल्लाह, र पाट्र्स तथा सर्भिसमा विशेष छुटको सुविधा पाउने बताइएको छ । कम्पनीले वर्षायाममा सवारीसाधन सुचारु राख्न सबै सुजुकी धनीहरूलाई यस अवसरको लाभ लिन आग्रह गरेको छ ।
‘नेपालमा मनसुन सवारीसाधनका लागि सबैभन्दा चुनौतीपूर्ण समय हो । यस अभियानमार्फत हाम्रो उद्देश्य ग्राहकलाई सर्भिस सुविधा प्रदान गर्नु मात्र नभई मर्मतसम्भार र वर्षायाममा सुरक्षित सवारी चालनलाई प्रोत्साहन गर्नु पनि हो,’ सीजी मोटोकर्पका वरिष्ठ प्रबन्धक सरोज खड्काले भने ।
साथै, क्याम्पका क्रममा सुजुकीले तीन जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहार प्रदान गर्नेछ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्