नेभिगेशन
अर्थतन्त्र

मेटलाइफ नेपालको गण्डकी प्रदेश कार्यालय पोखरामा

पोखरा । मेटलाइफ नेपालले पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा आफ्नो गण्डकी प्रदेश कार्यालय स्थापना गरेको छ । सो कार्यालयको सञ्चालनसँगै गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।
कार्यालय उदघाटन समारोहमा नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख श्री शम्भु प्रसाद मिश्र तथा मेटलाइफ नेपालका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो । नयाँ प्रदेश कार्यालयले गण्डकी प्रदेशका ग्राहकहरूलाई बीमा सम्बन्धी परामर्श, पोलिसी सेवा, दाबी (क्लेम) सम्बन्धी सहजीकरण तथा ग्राहक सेवाजस्ता सुविधाहरू आफ्नै प्रदेशबाट सहज रूपमा उपलब्ध गराउनेछ । साथै, यसले बीमा अभिकर्ताहरु तथा व्यावसायिक साझेदारलाई आवश्यक सहयोग प्रदान गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ ।
सो अवसरमा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने,‘गण्डकी प्रदेश मेहनती, सम्भावनायुक्त र उद्यमशील व्यक्ति, परिवार तथा व्यवसायहरूको प्रदेश हो, जसले नेपालको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ । यहाँ प्रदेश कार्यालय स्थापना गर्नु भनेको यस क्षेत्रप्रति हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिबिम्ब हो । हामी विश्वास गर्छौं कि बीमा सेवा सबैका लागि सहज पहुँचयोग्य, आवश्यकताअनुसार उपयोगी र स्थानीय समुदायको अपेक्षाअनुरूप हुनुपर्छ । यस कार्यालयमार्फत हामी आफ्ना ग्राहकहरूसँग अझ नजिक हुँदै उनीहरूको आर्थिक भविष्यलाई थप सुरक्षित र आत्मविश्वासी बनाउन योगदान पु¥याउनेछौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्