नेभिगेशन
अर्थतन्त्र

नाइमा मोबिलिटी एक्स्पो सुरु

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो–२०२६ को मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रमा सुरु भएको छ ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरु भएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।
नाइमा एक्स्पोमा ५५ वटा अटोमोबाइल ब्रान्ड सहभागी रहने भएका छन् भने ४० भन्दा बढी नयाँ मोडलका सवारीसाधनहरूको लञ्च गरिने भएको छ । एक्स्पोमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनसँगै कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, अत्याधुनिक प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी विभिन्न उत्पादन प्रदर्शनमा राखिने भएको छ ।
भृकुटीमण्डपको प्रदर्शनी हलमा ५१ भन्दा बढी स्टल निर्माण गरिएको छ । एक्स्पोमा हुन्डाई, बिवाइडी, निसान, टाटा, टोयोटा, किया र महिन्द्राजस्ता चर्चित ब्रान्डले पनि सहभागिता जनाउने आयोजकले जनाएको छ ।
एक्स्पोको मंगलबार प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले उद्घाटन गरेका थिए ।
चारपांग्रे, दुईपांग्रे तथा व्यावसायिक सवारीसाधनसँगै विद्युतीय र हाइब्रिड मोबिलिटी समाधान, अत्याधुनिक प्रविधि, अटो पार्टपुर्जा, ब्याट्री, चार्जिङ स्टेसन र विभिन्न एक्सेसरिज प्रदर्शनीमा राखिएका छन् ।

एक्स्पोका क्रममा ४० भन्दा बढी नयाँ मोडल तथा उत्पादन सार्वजनिक गरिने तयारी छ । हुन्डाई, बीवाईडी, निसान, टाटा, टोयोटा, किया र महिन्द्राजस्ता चर्चित ब्रान्डले समेत सहभागिता जनाएका छन् ।
भृकुटीमण्डपको प्रदर्शनी हलमा ५१ भन्दा बढी स्टल निर्माण गरिएको छ । ठूलो संख्यामा ब्रान्ड, नयाँ मोडल, प्रविधि तथा मोबिलिटीसम्बन्धी उत्पादन र सेवा एउटै स्थानमा उपलब्ध भएकाले यातायात व्यवसायीले एक्स्पोलाई ‘अटोमोबाइल क्षेत्रको कुम्भ मेला’ का रूपमा लिएका छन् ।
एक्स्पोमा नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन विशेष आकर्षणका रूपमा राखिएका छन् । नेपालमा भित्रिएका नयाँ सवारीसाधन र आधुनिक प्रविधिसमेत सार्वजनिक गरिएकाले एक्स्पो नयाँ गाडी अवलोकन गर्ने थलोमा मात्र सीमित नरहेको आयोजकको दाबी छ ।
सवारीसाधन खरिदमा सहजीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको सहभागिता पनि एक्स्पोमा रहेको छ । खरिदकर्ताका लागि विभिन्न विशेष अफर तथा सहुलियत कर्जाका योजनासमेत प्रस्तुत गरिएका छन् ।
त्यस्तै, सवारीसाधनसँग सम्बन्धित अटो पार्टपुर्जा, ब्याट्री, चार्जिङ स्टेसन र एक्सेसरिजका उत्पादन पनि प्रदर्शनीमा राखिएका छन् । यसले सवारीसाधन बिक्रीसँगै त्यससँग जोडिएको सेवा तथा पूर्वाधारको समग्र इकोसिस्टमलाई एउटै प्लेटफर्ममा ल्याएको आयोजकको भनाइ छ ।

नाइमा नेपालका अनुसार एक्स्पोको मुख्य उद्देश्य नेपालमा दिगो, हरित र प्रविधिमैत्री यातायात प्रणालीको विकास तथा प्रवद्र्धन गर्नु हो । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ ।
प्रदर्शनीसँगै मोबिलिटी क्षेत्रका विभिन्न समसामयिक विषयमा बहस तथा छलफलसमेत आयोजना गरिने भएको छ । सडक दुर्घटना र त्यसबाट हुने असर, दुर्घटनापछिको तत्कालको हेरचाह, यातायात क्षेत्रमा भइरहेको लगानीलगायतका विषयमा अन्तक्र्रिया हुनेछन् । 
युवा सशक्तीकरण, ब्याट्री रिसाइकलिङ, कृत्रिम बौद्धिकता (एआई), नयाँ प्रविधि तथा सीप र क्षमता अभिवृद्धिका विषयमा पनि एक्स्पोका क्रममा वृहत् छलफल हुने आयोजकले जनाएको छ ।
नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोलाई सवारीसाधन प्रदर्शन गर्ने कार्यक्रमका रूपमा मात्र सीमित नराखी आधुनिक, दिगो र पहुँचयोग्य मोबिलिटी प्रवद्र्धन गर्ने साझा प्लेटफर्मका रूपमा विकास गर्ने उद्देश्य रहेको बताएकी छन् ।
पछिल्लो समय नेपालको मोबिलिटी बजार परम्परागत इन्जिनमा आधारित सवारीसाधनबाट विद्युतीय तथा अन्य वैकल्पिक प्रविधितर्फ अघि बढिरहेको छ । एक्स्पोमा प्रदर्शन गरिएका नयाँ मोडल, प्रविधि र आयोजित छलफलले पनि यही परिवर्तनलाई प्रतिबिम्बित गरेको आयोजकको भनाइ छ ।

अध्यक्ष वैद्यका अनुसार दोस्रो नाइमा मोबिलिटी एक्स्पो नयाँ कार, मोटरसाइकल वा विद्युतीय सवारीसाधन हेर्ने स्थानमा मात्र सीमित छैन । नेपालको मोबिलिटी क्षेत्र आगामी दिनमा कुन दिशातर्फ अघि बढिरहेको छ भन्ने बुझ्ने अवसरका रूपमा पनि एक्स्पोलाई विकास गर्न खोजिएको छ।
यातायात बिक्रेताहरूले यो एक्स्पोलाई ‘अटोमोबाइल क्षेत्रको कुम्भ मेला’ का रूपमा लिएका छन् । एक्स्पोमा ठूलो संख्यामा सवारीसाधनका ब्रान्ड, नयाँ मोडल, प्रविधि र मोबिलिटीसँग सम्बन्धित उत्पादन तथा सेवा एकै ठाउँमा प्रदर्शन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्