नेभिगेशन
अर्थतन्त्र

हेल्थी च्वाइस एस्थेटिक हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र बालुवाटार, काठमाडौंस्थित हेल्थी च्वाइस एस्थेटिक हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ  । यस समझदारी अनुसार ग्राहक महानुभावहरुले उक्त हस्पिटलमा सेवा लिँदा विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नेछ  । 
ग्राहकहरुले हेयर ट्रान्सप्लान्टेसन एण्ड रेस्ट्रोरेसन, डरमाटोलोजी एण्ड स्किन ट्रिटमेन्ट, एस्थेटिक एण्ड बडी स्लिमिङअन्तर्गतका हस्पिटलले प्रदान गर्ने विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्ने बताइएको छ । त्यसैगरी, प्लाष्टिक सर्जरीअन्तर्गतका सेवाहरुमा ५ हजारदेखि १० हजारसम्मको छुट सुविधा उपलब्ध रहेको छ भने औषधि, युएसजी, टीएमटी, ईसीजी जस्ता सेवाहरुमा १० प्रतिशतको सुविधा उपयोग गर्न सक्नेछ  । 
सो सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्