नेभिगेशन
अर्थतन्त्र

एन आई सी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेडको संचालक समितिको १७४औं बैठकको निर्णयानुसार क्यापिटलको दशौं वार्षिक साधारण सभा भाद्र २६ गते शुक्रबारका दिन एन आई सी एशिया क्यापिटल लिमिटेडको, रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौमा हुने भएको छ । 
उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८२÷०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्र्नेे लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने बताइएको छ । 
साथै क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोगमार्फत ग्राहकहरु माझ पु¥याउन अव लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा भन्ने मुल नाराका साथ अगाडी बढेको यस क्यापिटलले आर्थिक वर्ष २०८२÷०८३ को अन्त्य सम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु अनलाइनमार्फत उपलब्ध गराउने व्यवस्था मिलाउन समेत सफल भएको बताइएको छ  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्