नेभिगेशन
अर्थतन्त्र

अभिनेत्री वर्षा सिवाकोटीले नाइमामा गरिन् एमजी एस सिक्स बुकिङ

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एमजी एससिक्स बुकिङ गरेकी छिन् । पारामाउण्ट मोटर्सअन्तर्गत रहेको रहेको एमजीको स्टलमा पुगेर सवारीसाधनको अवलोकन गरेपछि उनले बुकिङ गरेकी हुन् ।
आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र प्रिमियम इलेक्ट्रिक मोबिलिटी बाट प्रभावित हुँदै सिवाकोटीले उक्त मोडल रोजेकी हुन् । बुकिङको अवसरमा एमजी स्मिलका अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन प्रतिनिधि मोहम्मद फहाड दराइले उनलाई गाडीको साँचो हस्तान्तरण गरे ।
यसैबीच एमजीले एमजी यु नाइन इभी र एमजी एचएस एचइभी÷पीएचइभी गरी दुई नयाँ मोडलसमेत सार्वजनिक गरेको छ । नयाँ मोडलहरूको सार्वजनिकसँगै प्रदर्शनीमा एमजीका सवारीसाधनप्रति आकर्षण थप बढेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्